रेखाले बिहे नगरी सन्तान जन्माउने

४ असार २०७०, मंगलवार ०२:५८ मा प्रकाशित

काठमाडौं । नायिका रेखा थापाले जे गर्‍यो, त्यो चर्चाको विषय बन्ने गर्छ। सिनेमा क्षेत्रमा व्यस्त रहेका बेला उनका नाम चलेका नायकसागको हर्कतले चर्चा पाउने गर्थ्यो। तर केही समययता उनले चलचित्र पाउनै छाडेकी छन्। निर्माता निर्देशकले पत्याउन छाडेपछि उनले आफैं ब्यानर स्थापना गरी चलचित्र निर्माणमा हात हालिन्। हाल काली चलचित्रको निर्माण गरिरहेकी रेखा सो चलचित्रमा निर्देशक फेरेको कुराले पनि चर्चामा आइन्। पहिले अनुबन्ध गरेका निर्देशक टासी शेर्पालाई हटाएर रेखाले कालीको निर्देशनको जिम्मा सविर श्रेष्ठलाई दिएकी छन्। कालीको कथा रेखा आफैंले लेखेकी हुन्।
अहिले भने रेखा अनौठो भनाइका कारण चर्चामा आएकी छन्। केही समयअघि उनले सार्वजनिक रूपमा बिहे गरेर जिन्दगीलाई बन्धनमा पर्न नचाहेको बताउादै जीवनसाथी बनाएर सृष्टिलाई अगाडि बढाउने चाहना व्यक्त गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासाग करिब १० वर्ष लिभिङ टुगेदरका रूपमा बस्दै ६ महिनाअघि मात्र उनीसाग अलग बस्न थालेकी रेखाले बिहे नै नगरी बच्चा जन्माउने अभिव्यक्ति सार्वजनिक गरेपछि यस विषयलाई लिएर अहिले नेपाली चलचित्र क्षेत्रमा विभिन्न टीकाटिप्पणी सुरु हुन थालेको छ। अमेरिकामा रहेका नेपालीहरू भिखारी भएको अभिव्यक्ति दिादा चर्को आलोचना बेहोरेकी रेखाले अहिले विदेशमा जस्तो नेपाली समाजमा पनि लिभिङ टुगेदरलाई सहजै स्वीकार गरे राम्रो हुने बताएकी छन्।
केही समयअघि हिमालय टेलिभिजनको फिल्मी संवाद कार्यक्रममा रेखाले राम्रो जीवनसाथी खोजेर सृष्टि अघि बढाउने विचार सार्वजनिक गरेकी हुन्। रेखाले छविराज ओझासागको १० वर्षीय लिभिङ टुगेदरको जीवन ध्वस्त हुनुको पछाडि आफूलाई बचाउ गर्दै भनेकी छन्, ‘उसको दुईवटा बिहे पहिले नै असफल भएको थियो। अब तपाई आफै भन्नुहोस्, रेखा थापा कमजोर कि छविराज ओझा?’ उनले छविले आफूलाई रिझाउन नसक्दा रिलेसन टुटेको दाबी गरिन्। यसअघि छविको दुईवटा श्रीमती थिए। सुरुकी श्रीमतीसाग ब्रेकअप भएपछि उनले गिताञ्जली सुनुवारलाई श्रीमती बनाएका थिए। गिताञ्जलीलाई नायिका बनाउन उनले नाता चलचित्रसमेत निर्माण गरे। तर गिताञ्जलीको रहस्यमय रूपमा आगोले जलेर मृत्यु भएपछि छवि एक्लो बस्दै आएका थिए। पहिलो श्रीमतीका तर्फबाट छविका दुई सन्तान छन्। एक्लो जीवन बिताइरहेका बेला छविले नरेश पौड्यालसाग मिलेर हिरो चलचित्र बनाए। सोही चलचित्रमा मुख्य नायिका भएर खेलेकी रेखा थापा नै छविको तेस्रो श्रीमती बन्ने प्रयासमा लागेकी थिइन्। त्यसैले गर्दा रेखा र छवि लिभिङ टुगेदरका रूपमा बस्न थालेका थिए। हिरो चलचित्रपछि रेखा र छविले संयुक्त रूपमा बनाएको पहिलो चलचित्र अजम्बरी नाताका बेला रेखाको नाम श्यामसुन्दर खेतानसाग जोडेर आउने गर्थ्यो। रेखाले सुरुमा चढेको गाढी उनै खेतानले किनिदिएको चर्चा त्यतिबेला नचलेको होइन।
चलचित्र क्षेत्रमा निर्माताहरूले नपत्याए पनि रेखा भने यसलाई मान्न तयार छैनन्। ‘म अंकमाल गर्दै चुम्बनका दृश्य दिन सक्दिना, यसैले व्यस्त नभएको जस्तो देखिएकी छु’, उनले भनिन्। कहीा नभएको जात्रा हाडीगाउामा भनेझैं चर्चामा आउनकै लागि दुईचोटि माओवादी पार्टीमा प्रवेश गरेकी रेखामा अहिले सांसद बन्ने ठूलो रहर पलाएको छ। हालै मात्र धरानमा आयोजित चलचित्र महोत्सवका बेला उनले आगामी संविधानसभा निर्वाचनमा मोरङदेखि कर्णालीसम्म जहााबाट पनि लड्न सक्ने घोषणा गरेपछि चलचित्र क्षेत्रमा रेखाको फिल्मी क्यारियर सकिएको विश्लेषण सुरु भएको छ।
नयाा नयाा रहर सार्वजनिक गर्न रुचाउने रेखा स्थापित नायकहरूसाग नभई नयाा नायकहरूसाग चलचित्र खेल्दै आएकी छन्। स्थापित नायकहरूसाग खेल्दा आफ्नो चर्चा कम हुने गरेको गुनासो गर्दै रेखाले नयाा नायकलाई लिादा स्वभाविक रूपमा आफ्नो बढी प्रचार–प्रसार गर्न पाइरहेकी छन्। चलचित्रका निर्माता निर्देशकले पत्याउन छाडेपछि उनी केही समयअघि चलचित्र विकास बोर्डको अध्यक्ष बन्न लागिपरेकी थिइन्। त्यसका लागि उनले पूर्ववाईसीएल काठमाडौं इन्चार्ज सागर थापासाग तिहारमा भाइटीकासम्म लगाइन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, हिसिला यमीलगायतसाग हारगुहार गरिन्, तर दस कक्षा पढेको व्यक्ति बोर्ड अध्यक्ष बन्न कानुनतः नमिल्ने भएकाले उनी असफल भएकी थिइन्। बोर्ड अध्यक्ष बन्न नपाएपछि अमेरिका उडेकी रेखा अहिले भने विकास बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता ‘पप्पु’ को प्रमुख सल्लाहकार बनेकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको