पूर्वराजा हेटौँडामा कमल थापासँगै

३ असार २०७०, सोमबार २१:२२ मा प्रकाशित

काठमाडौं, ३ असार । तराई भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र सोमबार हेटौँडा (मकवानपुर) पुगेका छन् । आफ्नो तराई भ्रमणलाई धार्मिक यात्राको संज्ञा दिँदै आएका पूर्वराजाले हेटौंडाको शक्तिपीठहरुमा पूजा अर्चनाका गरे । उनले हेटौंडा ९ स्थित धर्म चक्रवर्ती गुम्बामामा पुगेर पूजा अर्चना गरे भने स्थानीय गुम्बामा पुगेर लामा गुरुहरुबाट शान्ति स्वस्ती पूजामा पनि उनी सहभागी भए । पूर्वराजा पुगेपछि गुम्बाका प्रमुख टुल्कु लामाको नेतृत्वका १२ जना लामाले मन्त्रोच्चारण गरेका थिए । गुम्बाको बारेमा भिक्षु कृष्णमान लामाले उनलाई जानकारी गराएका थिए । त्यस्तै, हेटौंडा–४ स्थित कृष्णप्रमाणी मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् भने शक्तिपीठ मानिने हेटोंडाको भुटनदेवी मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्। उनले गुम्बा र कृष्ण प्राणामी मन्दिरमा निर्माण सहयोगार्थ एक_एक लाख सहयोगसमेत गरेका छन् । 
हेटौंडामा स्थानीय सञ्चारकर्मीसँगकुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले वर्तमान राजनीतिक अवस्थाबारे जनतामा निराशा छाएको आफूले पाएको पनि बताए । जनताको सामाजिक, आर्थिक र दुःखद दैनिकीका बिषयमा भ्रमणका क्रममा देखेपछि आफूलाई चिन्ता लागेको पूर्वराजाको कथन थियो ।
मुलुकको वर्तमान अवस्थामा चुनाव हुन सक्ला या नसक्ला भनी सोधिएको प्रश्नको जवाफमा पूर्वराजाले जसले चुनाव गराउन लागेका हुन् उनलाई थाहा होला, आफूलाई त यसबारे ज्ञान नभएको बताए । उनले हेटौंडाको बुद्धचोकदेखि बैङ्करोडसम्म पैदल यात्रा गरी सर्वसाधारणको गुनासो सुनेका थिए। ज्ञानेन्द्रको साथामा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सँगै थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।