नौनी जस्तै..-जुनिता सुब्बा

२५ चैत्र २०६८, शनिबार २१:३० मा प्रकाशित

नौनी जस्तै कोमल हूँ म,
पथर नबनाऊ !
तिमीले बनाएको पथर,
तिमीले पगाल्न सक्ने छैनौ!
म आफै पथर हूँ त,
कुनै दिन म पग्लने छु!
म आफै पहाड हूँ त,
कुनै दिन म धस्कन सक्छु !
तिमीले बनाएको पहाड,
तिमीले मानेको पहाड,
म धस्कने छैन !
तिमीले जानेको,
तिमीले देखेको,
तिमीले बनाको,
म जो हूँ त्यो म बन्न सक्दिन!

निर्मित तराजुको आदलतमा म फस्दीन !
भाबना रेखा,
प्रेमको दायरा,
म आंकलन गर्न सक्दिन !
झुक्किएर,
म असिमित मायाका प्याला गन्न सक्दिन !
निर्जिबन मेरो भाव,
श्वास हालेर म श्वास फेर्न सक्दिन !
तिम्रो यात्रा म रोक भन्दिन !
यात्रा भित्रको यात्रा म रोक्न सक्दिन !

तिम्रो सभ्य समाज,
बिलासिती महल,
बदलिएको तिमि सभ्य मान्छे !
सुनको थालमा तिम्रो भात पाक्छ !
प्राकृतिनै बिर्सेएको,
अचेतन नाखबाट सुनको थाल पच्दैन !
बेहोसी बेहोसी हुदै गएको सभ्य मान्छे !
तिम्रो चमत्कारले,
तिमीलाई जलाएको !
मेरो अपार प्रेममा
हौसिएर,
मेरो मुटु,
टुक्रा टुक्रा बन्डा लगाउँदा
म हाँसेर हेर्ने !
म तिमीलाई रोख्न सक्दिन !
तिमीले चिनेको मान्छे म,
तिमीले कहिले नचिनेको हुन सक्छ !
साँझ बिहान दुख्दा तिम्रो मन,
कहिले नदुख्ने बन्न सक्छ !
प्रेम सागरमा पौडन नजान्दा,
तिम्रो प्रेम परिभाषा,
लाबारिस हुन सक्छ !
तिम्रो प्रेम, प्रेम नहुन सक्छ !
तिम्रो सपना सपना,सपना नहुन सक्छ !
तिम्रो आशा,आशा नहुन सक्छ !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा