महाकालीको बाढीले के–के गर्यो बिनास ?

३ असार २०७०, सोमबार २०:०४ मा प्रकाशित

काठमाडौं, ३ असार । अविरल बर्षाको कारण महाकाली नदीमा आएको बाढीले दार्चुलाको सुनसेरा गाविसस्थित महाकाली किनारको छेउमा रहेको कालागाढ लघु जलबिद्युतको पावरहाउस र ट्रान्समिटर बगाएको छ । खलंगास्थित रिगेतालमा रहेका सुकुम्वासीका करिब ३० वटा कच्ची टहराहरु पनि बाढीको शिकार बनेको छ भने महाकालीले उग्र रुप धारण गर्दा जिल्ला शिक्षा कार्यालयको स्रोतकेन्द्रको २ तले भवन, जिल्ला अस्पताल परिसरमा रहेको लास घर, रिगाउने तालमा रहेको विर सिंह धामीसहित चारजनाको घर, ब्रहमदेव–७ स्थित नरेन्द्रबहादुर बमको किराना पसल र उक्त स्थानमा रहेको मन्दिर लगायत खलंगा–२ बस्ने इन्द्र सिंह बिष्टको निर्माण पुरा भएको तीन तले घर बगाउनुका साथै सोही स्थानमा रहेको प्रेम बडुको घर तथा विरहरी राईको मेडिकल पसल, मानबहादुर बम, दिलबहादुर कुँवर, रिउले महरा, बहादुर ठगुन्ना, सुरेस बडुको घर समेत बगाएको छ भने दार्चुला धाप–५ बस्ने ३८ बर्षीया सरस्वती रैखौला नदीले बगाई बेपत्ता भएकी प्रहरीले जानकारी दिएको छ ।
महाकाली नदी आसपासमा कटान कार्य जारी रहेकोले असुरक्षित घरका मानिसहरुलाई घर खाली गरी सुरक्षित स्थानतर्फ सार्ने कार्य भईरहेको बताइउको छ । बाढीले जिल्ला प्रहरी कार्यालयको जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान व्यारेक समेत जोखिममा रहेकोले उक्त व्यारेकको सर सामान सुरक्षित स्थानतर्फ सारिएको छ । दार्चुला आउने मोटर बाटो बर्षातको कारण ठाँउ–ठाँउमा भत्किएकोले बाटो अवरोध भएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट ६० जना र नेपाली सेनाको ५० जनाको टोली खटिई उद्धार कार्य गरिरहेको छ । बाढीबाट भएको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा