जचुकाली बन्द गर्दा सरकार नाफामा !

३ असार २०७०, सोमबार १९:३८ मा प्रकाशित

काठमाडौं, ३ असार । दुई वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना सरकारले खारेज गर्ने भएको छ । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले कर्मचारीको तलब, उपदान र अन्य दायित्व भुक्तानी गरेर कम्पनी बन्द गर्ने सिफारिस गरेको छ ।
दुई वर्षअघि चुरोट उत्पादन बन्द गरेको कम्पनीले काम नगरी ७ सय ५८ कर्मचारीलाई तलब दिएर राखेको अवस्थामा अर्थ मन्त्रालयले ३ अर्ब रूपैयाँबाट सम्पूर्ण दायित्व भुक्तानी गरी बन्द गर्ने घाषणा आगामी बजेटमार्फत गरिने तयारी भएको बुझिएको छ । कम्पनी बन्द गरे पनि जनकपुर चुरोट कारखानाको सम्पत्ति १० अर्ब रूपैयाँ रहेको र खारेज गरेर दायित्ववापत तीन अर्ब भुक्तानी गर्दा पनि ७ अर्ब सम्पत्ति त सरकारको ढुकुटीमा वृद्धि हुने विश्लेषण गरिएको छ ।
सो कर्मचारीले नियमावलीमा भएको व्यवस्थामा थप उपदानसहित बिदा लिन मञ्जुरी जनाएका छन् । जनकपुरलाई पे–अफ गर्दा कर्मचारीको उपदान र सञ्चित सुविधाबापत सरकारले १ अर्ब ९५ करोड रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । कर्मचारी विनियमावलीअनुसार कार्यावधिको वार्षिक डेढ महिनाको दरले उपदान पाउने व्यवस्था रहेकामा सरकारले डेढ महिना थप गरी तीन महिनाको उपदान दिने प्रस्ताव गरेको छ । कर्मचारीले नियमावलीबाहेक थप तीन महिना अर्थात् अझ डेढ महिनाबराबरको उपदान पाउनुपर्ने माग गरेका छन् । कम्पनीले बैंकहरूलाई तिर्नुपर्ने ऋण वक्यौता ५० करोड र सरकारलाई तिर्नुपर्ने राजस्व वक्यौता १२ करोड रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण