प्रचण्डको पार्टी अब ‘थरुहटका लागि लड्ने’ !

३ असार २०७०, सोमबार १९:२३ मा प्रकाशित

काठमाडौं, ३ असार । व्यक्ति र स्थानअनुसार फरक कुरा गरेर आफूलाई अत्यन्त अपत्यारिलो पात्रका रुपमा रुपान्तरण गर्ने नेताको नाम लिनुपर्दा एमाओवादी अध्यक्ष प्रचण्डको नाम अग्रपंक्तिमा आउँछ । तर, प्रचण्डले आफ्नो स्वभाव या प्रवृत्ति बदल्ने छाँटकाँट देखाएका छैनन् । बरु स्वभावअनुसार सुनसरीको झुम्कामा तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले सोमबारदेखि सुरु गरेको दुई दिने प्रथम थारु चलचित्र महोत्सवको उद्घाटन कार्यक्रमबीच उनले थारु समुदायले आफ्नो पहिचानका लागि उठाएको थरुहट मुद्दालाई आफ्नो पार्टीले मूल मुद्दाका रुपमा उठाउने उदघोष गरिदिए । यसरी, मधेस जाँदा मधेसीसँग लभ पर्यो भन्ने र थरुहट पुग्दा आफ्नो पार्टीले आजसम्म लडेकै थरुहटका लागि भन्ने बेतुकको अभिव्यक्ति दिन नहिच्किचाउने उनको स्वभावसँग आजकाल उनकै सहयात्रीहरुसमेत लज्जा बोध गर्न थालेका छन् ।
प्रचण्डले सो अवसरमा जनयुद्ध र परिवर्तनसँग थारु समुदायको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनीहरूका मुद्दामाकेन्द्रित भएर एमाओवादीले तराईका आदिवासी थारु समुदायको भावनालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा