अनिश्चितकालीन संखुवासभा बन्द स्थगन

३ असार २०७०, सोमबार १८:५५ मा प्रकाशित

काठमाडौं, ३ असार । चार दिनको बन्दपछि विभिन्न साना पाँच दलले गरेको अनिश्चितकालिन संखुवासभा जिल्ला बन्द  सोमबारबाट खुलेको छ । जिल्लामा रहेका विभिन्न मानव अधिकार, पत्रकार महासंघ, गैह्रसरकारी ससंस्था लगायतका १३ वटा संघ संस्थाहरुले बन्दले दैनिक जनजिवन कष्टकर बन्दै गएकाले बन्द स्थगन गरि वार्ताको माध्यमबाट निकाश खोज्न आग्रह गरेपछि आन्देलरत दलहरुले आइतबार राती विज्ञप्ति निकालेर अनिश्चितकालिन जिल्ला बन्द तत्कालका लागि स्थगगन गरिएको बताएका छन् । नेकपा —माअ‍ेवादी, मञ्च सम्बद्ध संघिय  लिम्बुवान राज्य परिषद, राष्ट्रिय जनमुतिm पार्टी लगायतका साना ५ दलले जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताल खाँदबारीमा भएको आर्थिक अनियमितताको छानबिन, दरबन्दीका डक्टरहरु तत्काल परिपूर्ति गर्नुपर्ने लगायतका ७ बुदे माग राखी गत जेठ ३० गते बिहिबारदेखि अनिश्चितकालिन संखुवासभा जिल्ला बन्दको आव्हान गरेका थिए ।
पाँच दलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा बन्दले जिल्लाको जनजिवन कष्टकर हुँदै गएको भन्दै १३ वटा संघ संस्थाहरुले बन्द फिर्ताको लागि अनुरोध गरेको र आन्दोलनको ऐक्यवद्धतालाई ध्यानमा राखी बन्द स्थगन गरिएको जनाइएको छ । बन्द स्थगन भएपनि जिल्ला प्रशासन, जिल्ला जनस्वास्थया कार्यलय र जिल्ला अस्पतालको समस्या सामधानको लागि भएको सर्वपक्षिय भेलाले गरेको निर्णय पुर्णरुपमा कार्यन्वयन नभएसम्म धर्ना र कर्माचारी कार्यालय प्रवेश निशेधको कार्यक्रम भने जारी रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका