प्रकृति संरक्षणका भ्रष्टहरु निलम्वित

३ असार २०७०, सोमबार १८:३८ मा प्रकाशित

काठमाडौं, ३ असार । प्रशासन प्रमुखलाई हात लिएर भ्रष्टाचारमा संलग्न भएको आभियोग लागेका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव जुद्ध गुरुङलाई निलम्बन गरिएको छ । कोषको अनियमिततामाथि छानबिन भइरहेको र पदमा बहाल रहन दिए थप प्रमाण नष्ट हुनसक्ने सम्भावना प्रवल रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङलाई निलम्बन गर्न वन मन्त्रालयलाई पत्र लेखेको थियो । उनीसँगै कोषका प्रशासन प्रमुख दीपक सिंह पनि निलम्बित भएका छन् ।
वन मन्त्रालयले कोषका संरक्षक रहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग आइतबार गुरुङ र सिंहलाई निलम्बन गर्न स्वीकृति लिएको थियो भने सोमबार पत्र पठाएर उनीहरुलाई निलम्वन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस