महाकालीमा भारतले तटबन्ध बाँध्दा नेपालतर्फ बाढीको रौद्र रुप

३ असार २०७०, सोमबार ०८:२४ मा प्रकाशित

काठमाडौं, ३ असार । अबिरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगाका एकदर्जन घर बगाएको छ । दुईदिनदेखि परिरहेको अबिरल वर्षासँगै आएको बाढीले सोमबार बिहान ३ बजेतिर खलंगाको घाटबजार स्थित रिङल ताल बस्तीका दर्जन घरछाप्रा बगाएको हो । दार्चुला जोलजिबिस्थित महाकाली नदीमाथि रहेको पुरानो पुल पनि बाढीमा बगेको छ भने जिल्ला प्रहरी कार्यालय, वन, भूसंरक्षण, जिल्ला अस्पत्ताल लगायत सरकारी कार्यालय र केही स्थानीयका घरहरु बाढीको उच्च जोखिममा परेका स्थानीय प्रहरीले जानकारी गराएको छ । 
खलंगास्थित नेपाल(भारत जोड्ने पुल पनि बाढीका कारण उच्च जोखिममा परेको छ । नेपाल(भारत जोड्ने झोलुंगे पुल जोखिममा परेपछि आवतजावत बन्द गरिएको छ । नदीले भारतीय धार्चुला बजारको छेउमा रहेको जिआर क्याम्पको एउटा भवन पनि बगाएको छ । यता दलितहरुको बस्ती रहेको रिङलताल क्षेत्रका स्थानीयलाई प्रहरी र सेना लगायतको बिपत ब्यवस्थापन गर्न खटिएको टोलिले आइतवार राती नै बजेतिर सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनायो । तर त्यहाँ रहेको कृषि हाट बजारको भवन भने बाढीले बगाएको छ । घाटबजारका अधिकांश घर, पसल र होटलहरु जोखिममा छन् । घरधनी सरसमान सार्न थालेका छन् । केही बर्षअघि करौडौ लगानीमा खुलेका दुई होटल पनि जोखिममा परेका छन् ।
भारतले आफ्नो क्षेत्र सुरक्षित पार्न महाकाली नदी छेउ किनारामा पक्की तटबन्ध निर्माण गरेपछि नदीको धार नेपालतर्फ सोझिएको र वर्षा महिनामा नेपालतर्फ खतरा बढ्ने औंल्याइँदै आइएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र