दुर्घटना न्यूनीकरणमा संचारमाध्यमको भुमिकाको खोजी

३ असार २०७०, सोमबार ०८:१० मा प्रकाशित

बुटवल, ३ असार । वर्षेनी १७ सय भन्दा बढिको ज्यान जाने गरी हुने सडक तथा सवारी दुर्घटना न्यूनिकरणको लागि संचारमाध्यमको भुमिका महत्वपूर्ण र प्रभावकारी हुने बुटवलमा आयोजित एक कार्यक्रममा सहभागिहरुले औंल्याएका छन् । कार्यक्रमका सहभागिहरुले राज्यले सडक सुरक्षालाई महत्व नदिँदा दिन–प्रतिदिन सडकमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको उल्लेख गरे । उनिहरुले सञ्चारमाध्यमले त्यसलाई केन्द्रीत गरेर दवाव श्रृजना हुने ढंगले कलम चलाउनुपर्ने जोड दिए ।

नेपाल अटो मोवाईल्स स्पोर्टस् एशोसिएसन नासा र सुरक्षित यात्रा अभियान नेपालको आयोजनामा बुटवलमा सम्पन्न सडक सुरक्ष्ााँको लागि संचार सक्रियता विषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले सडक सुरक्षाको लागि राज्यले नीति नबनाउँदा समस्या उत्पनन भएको औल्याए । यसका साथै उनिहरुले यातायात क्षेत्रलाई मर्यादित पेशाको रुपमा नलिई सुधार केन्द्रको रुपमा लिने परिपाटीको कारण सडक सुरक्षित हुन नसकेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नासाका महासचिव गोविन्द भट्टराईले दुर्घटनाबाट हुने क्षती र त्यसको प्रभावलाई संचारकर्मीहरुले बिश्लेषण गरेर कलम चलाउदा जनचेतना बढने भएकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो । उहाले आकासमा उडनेहरुबाट सडकमा गुडनेहरुको समस्या समाधान हुने संकेत नदेखिएको बताउदै उनिहरु बाट आशा नराख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै सुरक्षीत यात्रा अभियानका सचिव दिनेश पाण्डेले दुर्घटनाबाट नेपालमा १ हजार ७ सयको ज्यान जानुको साथै त्यस वाट मात्र बर्षेनी ४ अर्ब भन्दा बढि क्षती हुने गरेको बताउनु भयो उहाले दिन प्रतिदिन सडक असुरक्षीत बन्दै गएको उल्लेख गर्दै सडक यात्रा सुरक्षीत गराउन संचारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । पश्चिम क्षेत्रिय टाफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिभुतीराज पाण्डेले जनचेतना प्रवाह गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने संचारकर्मीहरुमा नै नियमको जानकारी नहुने र कतीपय अवस्थामा नियम मिच्नेमा कतिपय पत्रकारहरु नै भेटिदा समस्या उत्पन्न भएको बताउनु भयो । पश्चिम नेपाल बस ब्यबसायी संघका अध्यक्ष दधिराम खरेलले पत्रकारहरुले बाटो देखाउदा ब्यबसायीहरुमा सुधार आएको भए पनि राज्यले त्यस बारे आफुलाई सच्याउने तर्फ ध्यान नदिएको धारणा ब्यक्त गर्नु भयो ।
सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार पत्रकारहरु इन्दीरा अर्याल, भरत केसि, दामोदर खनाल, यमलाल भुसाल, रुद्रहरी कुवर, बिपी गौतम, प्रदिप आचार्य लगायतले सडक दुर्घटनाबाट हुने मानबिय र
भौतीक क्षतीको अवस्था कहालीलाग्दो भएकोले सहकार्य र हातेमालो गरेर अगाडी बढन आबश्यक रहेको औल्याए । उनिहरुले बिगतमा दुर्घटना न्युनिकरणका लागी भएका प्रयासहरुलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने र त्यसका लागी संचार माध्यमको भुमिका महत्वपुर्ण हुने बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको