उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा जेसिसद्वारा सम्मानित

३ असार २०७०, सोमबार ०८:०९ मा प्रकाशित

रुपन्देही, ३ असार । बुटवल जेसिजले रुपन्देहीका सामुदायिक बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने दुई जना छात्रा–छात्रलाई सम्मान गरेको छ । रुपन्देही जिल्लाका सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने मणिग्राम स्थितशान्ति नमुना उच्च माबिका छात्र आनन्दमणी सुवेदी र सोही बिद्यालयकी छात्रा अनुपमा मरासीनीलाई चैतन्य अक्षयकोषबाट सम्मान गरिएको बुटवल जेसिजका अध्यक्ष गणेशचन्द्र पोखरेलले जानकारी दिए । उनीहरुलाई बुटवल जेसिजले लागुऔषध बिरुद्धमा सञ्चालन गरेको एक हप्ते जेसिज सप्ताह समापनको अवसरमाआईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममासम्मान गरिएको हो ।

अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको जेसिज सप्ताह समापनका अवसरमा बुटवलनगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतम, नेपाल उद्योग परिसंघकाकेन्द्रीय सदस्य एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सप्ताहका संयोजक सन्तोष पछाई लगायतले शुभकामना व्यक्त गरेका थिए । बुटवल जेसिजले गत जेठको २७ गतेदेखि लागु औषधको बिरुद्धमा एकहप्ते जेसिज सप्ताह सञ्चालन गरेको थियो । सो सप्ताहको अवसरमा दौड प्रतियोगिता, चित्रकला, निबन्ध प्रतियोगता, अन्तरक्रिया जस्ता कार्यक्रम गरिएको थियो । समापनका अवसरमा प्रतियोगितात्मक कार्यक्रमका बिजयीहरुलाई पुरस्कार वितरण गर्नुका साथै सहयोगी संघ–संस्थाहरुलाई सम्मान गरिएको महासचिव राजु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण