सवै भाषा र धर्मको सम्माननै नेपालको राष्ट्रिय अखण्डता हो: प्राध्यापक डा. नोबल किशोर राई

३ असार २०७०, सोमबार ०३:१० मा प्रकाशित

विजय थापा, भर्जिनिया, अमेरिका । पूर्व कुटनितिज्ञ एवं प्राध्यापक डा. नोबल किशोर राईसंग नेपाली मूलका अमेरिकनहरूले अन्तरक्रिया गरेका छन् । शनिबार वाशिंगटन डिसीमा आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका प्राध्यापक डा. नोबल किशोर राईले नेपाली मूलका अमेरिकनहरूसंग अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बिसिष्ट अतिथि डा. नोवल किशोर राईले नेताहरुको भाषण सुन्दा सुन्दा कान चिरिएको भन्ने प्रसंग उल्लेख गर्दै भाषणले देश विकास नहुने बताउनु भयो । राईले अगाडी भन्नु भयो, सबैले सबैको संस्कृति र भाषालाई सम्मान गर्न सक्नु पर्छ, सवै भाषा र धर्मको सम्माननै नेपालको राष्ट्रिय अखण्डता हो ।’ अर्का वक्ता डा सुकदेव शाहले नेपाल संस्कृतिमा धनि भए पनि विकासमा भने गरिब रहेको चर्चा गर्नु भयो ल अर्का वक्ता डा. श्याम कार्कीले हरेक मुलुकको लागि भाषा महत्व हुन्छ भन्दै डा राइ भाषाका ज्ञाता भएकोले अतिथिसंग केहि जान्ने चाहेको कुरा उल्लेख गर्नु भएको थियो ।

अमेरिका नेपाल समाजका अधक्ष्य डा ठाकुर पुडासैनीले भाषा सम्बन्धमा नोवल किशोर राईबाट केहि सुन्न पाइने छ भन्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो भने अर्का वक्ता डा बिबेक पाण्डेले संस्थागत विकास बारे चर्चा गर्नु भएको थियो । यसै गरि अर्का वक्ता डा चित्र कृष्ण तिवारीले पनि नेपालको बारेमा उल्लेख गर्दै नोवेल किसोरबाट कुरा जान्न पाईने भएकोमा हर्ष ब्यक्त गर्नु भएको थियो ल प्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले आयोजकलाई धन्यबाद दिदै हरेक मुलुकमा चुनौती छ भन्ने बिचार व्यक्त गर्दै नोवेल किसोर राईलाई डिसीमा भेट्न पाउदा खुशी व्यक्त गर्नु भयो ।

अमेरिकाको सबैभन्दा जेठो संस्था “अमेरिका नेपाल सोसाईटी वाशिंगटन डि० सी० का पुर्बअध्यक्ष खेम भट्टचनले बक्ताहरूको परिचय गराउनु भएको थियो र कार्यक्रम आयोजकहरूको तर्फबाट केमिका भण्डारी तथा मिलन राईले डा. नोबल किशोर राई तथा महामहिम राजदूतलाई पुष्प गुच्छाले स्वागत गरेका थिए ।

साहित्यकार सीता पाण्डेले स्वागत-भाषण गर्नुभएको भएको उक्त अन्तरक्रिया म्यारिल्याण्ड स्थित घर-ए-कबाबमा कार्यक्रमको आयोजना गरिएको थियो ।

अमेरिका नेपाल टेलिभिजनका संचारकर्मी श्री बिनय अर्यालले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम गैर आवाशीय नेपाली संघ ,राष्ट्रिय समन्वयब समितिका पूर्व उपाधक्ष्य मिलन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया-कार्यक्रमका संयोजक खेम भट्टचनले धन्यवाद-ज्ञापन दिनु भएको थियो ल अन्त्यमा कार्यक्रमको सभापति गर्नु हने मिलन राईले उपस्थित सबैलाई धन्यबाद दिनु भएको थियो ।

अमेरिकाको लागी नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको उक्त अन्तरक्रिया कार्यक्रममा अगुवा समाजसेवीहरु डा. श्याम कार्की, डा. चित्रकृष्ण तिवारी, डा. शुकदेव शाह, डा. ठाकुर पुडासैनी र डा. बिबेक पाण्डेले आ आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत