लगन जुरेको छैन:: दीपाश्री निरौला

३ असार २०७०, सोमबार ००:०३ मा प्रकाशित

टेलिभिजन कलाकर्मी मञ्चको आवश्यकता किन पर्‍यो?
आफ्नो आवाज उठाउनका लागि। एक्लै बोल्दा हाम्रो देशमा कसैले सुन्दैन। त्यसकारण सबै मिलेर आवाज उठाउन लागि हाम्रो मञ्च बनेको हो। जसको यस पटक म अध्यक्ष चुनिएको छु।
कति छन्, टेलिभिजन चलचित्रकर्मी?
करिब तीन सय जति छौं।
अध्यक्ष भएपछि के गर्ने योजना छ?
केही न केही गुर्छ नै भन्ने छ। यो क्षेत्रमा केही विकृतिहरू पनि छन्। त्यो पनि हटाउनुपर्छ। टेलिभिजनमार्फत् कलाकारहरूले सभ्य रुपमा समाजलाई केही गर्नुपर्छ भन्ने छ। त्यसका लागि म लाग्ने छु। आगामी शुक्रबार हाम्रो मिटिङ छ। त्यसमा धेरै विषयमा छलफल गर्छाै।
कलाकारको नेता बन्दा कस्तो अनुभव हुँदोरहेछ?
नेताभन्दा पनि टेलिभिजन कलाकारहरूको आमा भइस् भन्ने गरेका छन्। जे होस् खुशी पनि लागेको छ। जिम्मेवारी पनि बढेको छ।
केही ठूला फिल्म पनि खेल्नुभयो, तर टेलिसिरियलमै मात्र जम्नुभयो नि?
आफ्नो क्षमता चिन्न सक्नुपर्छ भन्छन् नि। मैले चिनेजस्तो लाग्छ। मेरो लागि ठूला फिल्म भन्दा पनि हास्य सिरियल नै प्यारो भयो, म फिट पनि भए।
पैसा पनि त टन्न कमाउनुभयो, होला नि?
कमाइयो नि। नत्र कसरी घर गाडी किन्नु! दुःख गरेपछि कमाउनु परिहाल्यो नि।
तितो सत्यमा दीपकराज गिरी र दीपाश्री निरौलाले मात्र कमाएका छन्, अरुले त पैसा नै पाउँदैनन् भन्ने छ नि?
मैले अब ब्राड पिट, एन्जेलिना जोलीको जस्तो कमाउनु भनेर हुन्छ र? हामीले यो अवस्थामा आइपुग्न कति वर्ष दुःख गरेका छौँ। २०४८ सालदेखि म निरन्तर यो क्षेत्रमा संघष गर्दै आएको छु।
तर नयाँ आउने कलाकारले त हामीले जतिकै पैसा कमाउनुपर्छ भनेर त हुन्न नि।
सित्तैम्ाा खेल्ने पनि हुन्छ होला होइन?
हुन्छन्। कतिपय मलाई खेलाइदिए पुग्छ भनेर आउनुहुन्छ। तर पछि पैसा त माग्न पाइएन नि।
ठूलो पर्दातिर चाहिँ नलाग्ने?
अब असारबाट फिल्म बनाउँदै छौं त! तितो सत्यकै टिमले ६ एकान ६ नामक फिल्म बनाउँदै छौं। त्यसमा धेरै हास्यकलाकार छन्। त्यसैको तयारीमा जुटिरहेका छौं।
घरजमको तयारी चाहिँ?
घरको जोहो गरियो। जमको चाहिँ बाँकी छ। यो बिहे भन्ने कुरा लेखेकै हुनुपर्दाेरहेछ क्यारे। लगन जुरेको छैन।
इच्छा नै नभएर पनि हो कि?
अलि–अलि चाहिँ त्यस्तो पनि होला।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य