मातृभूमीका लागी लगानीको अवसर हो एएनए न्युयोर्क सम्मेलन:: संयोजक समीर महर्जन

२ असार २०७०, आईतवार २२:३० मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, अमेरिका । एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको ३१ औं सम्मेलन संयोजक समीर महर्जनले उत्तर अमेरिकामा बस्ने नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित हुन, व्यापारिक सम्भावना र मातृभूमि नेपालमा लगानी गर्ने अवसर खोज्न न्युयोर्क सम्मेलन अपूर्व संगम हुने दावी गर्नु भएको छ । आगामी जुलाई ३ देखि ६ तारिख सम्म न्युयोर्कमा आयोजाना हुने ३१ औं सम्मेलनको अन्तिम तयारीमा जुट्नु भएका संयोजक समीर महर्जनका अनुसार हेटौडा सुरुङ्ग मार्गको प्रस्तावना सहित उद्योगपति कुश कुमार जोशी र नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधि मण्डल मातृभूमि नेपालको निर्माणमा लगानीको अवसर र सम्भावना खोज्दै उत्तर अमेरिकामा बस्ने नेपालीहरुको कुम्भ मेला एएनएको ३१ औं सम्मेलनमा सहभागी हुने छन । संयोजक महर्जनका अनुसार न्युयोर्क सम्मेलनमा शैक्षिक मेला, विविध गतिबिधि, महजोडीको बेजोड प्रस्तुतीका अतिरिक्त नेपाली मूलका अमेरिकन सगरमाथा आरोही र बिदेशी आरोहीहरुले आरोहणमा प्रयोग हुने पहिरन सहित नेपाल र सगरमाथा चिनाउने झाँकी प्रदर्शन गर्नेछन । महर्जनका अनुसार अनुसार करिब १० हजार नेपालीहरुको जमघट हुने अपेक्षा गरिएको न्युयोर्क सम्मेलनमा अमेरिकामा रहेको नेपाली समुदायलाई अमेरिकी मुलधारमा समाहित गर्ने प्रयास स्वरुप नेपालका लागि अमेरिकी राजदुत पिटर बोडे न्युयोर्क सम्मेलनमा सहभागी हुने छन् । यसका अतिरिक्त नेपालको ग्रामिण विकासका लागि गठित एएनए ग्रामिण विकास परियोजना मार्फत मातृभूमि नेपालको विकाश प्रयासमा साझेदारी जनाउन सुदिप श्रेष्ठको तर्फबाट सम्मेलनमा एएनए ग्रामिण विकास परियोजना पनि सार्वजनिक गरिने छ । नेपाली समुदायलाई मातृभूमि संग जोड्ने र अमेरिकी मुलधारमा समाहित हुन आवश्यक शिक्षा र ब्यापार जस्ता मुद्दामा छलफल, बहस र साझा निति तय गर्ने बिषयमा न्युयोर्क सम्मेलन केन्द्रित हुने संयोजक समीर महर्जनले जानकारी दिएका छन । संयोजक महर्जनका अनुसार सम्मेलनमा सहभागी हुने नेपाली समुदायको लागि रोचक र ब्यबस्थित न्युयोर्क सम्मेलन बनाउन आवश्यक सबै खाले तयारी पुरा गरिदै छ । महर्जनका अनुसार अनुसार सम्मेलनमा नेपाली लोक कला र परमपरा झल्कने प्रस्तुतीका अतिरिक्त नेपाली बस्तु तथा सेवाको ब्यापार विस्तारका लागि बिशेष प्रदर्शनी समेत गरिनेछ । यद्यपी पूर्व अध्यक्ष र संस्थापकहरुले गरेको आर्थिक अनियमितता र बिबादका कारण नेपाली मूलका अमेरिकनहरुको आस्था र विश्वाश गुमाउदै आएको एएनए स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पाले तेस्रो सम्मेलन सम्म आइपुग्दा पनि नेतृत्वमा हस्तान्तरण नगर्नु र सस्था प्रजातान्त्रिक पद्दति बाट संचालन नहुनुले अमेरिकी मुलका नेपालहरु ससंकित रहेका छन् । उत्तर अमेरिकामा बस्ने नेपलीहरुको कुम्भ मेला समेत भनिने एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको २८ औ सम्मेलन पछि पूर्व अध्यक्ष संस्थापकहरुले गरेको आर्थिक अनियमितता खोजबिन संगै तिब्र विवाद सुरु भएको थियो । बिगतका २७ पटक सम्मेलन आयोजना गर्ने पूर्व अध्यक्ष र संस्थापकहरु त्यस पछिका एएनए सम्मेलनमा अनुपस्थित रहदै आएका छन् । यद्यपी न्युयोर्क सम्मेलनमा पुर्व संस्थापक र अध्यक्षहरु सहभागी हुने आयोजकहरुको दावी छ । त्यसै गरी ३१ औं सम्मेलन आयोजक समितिले यस अघि २७ पटक भएका सम्मेलनमा भएको आर्थिक अनिमियतता खोज्न अबलम्बन गरेको कानुनी उपचारको प्रयाश स्वरुप संस्थाको चल अचल सम्पती र नगद फिर्ता गराउन सफल रहे पनि पुर्व अध्यक्ष र संस्थापकहरुले अहिले सम्म पनि कुनै सम्मेलनको हर हिसाब प्रस्तुत नगरेको कारण कतिपय बिषय अझै अदालतमा बिचारधीन रहेको छ । एएएन स्वतन्त्र कार्यदलका अध्यक्ष छेवांग शेर्पाका अनुसार बोस्टन सम्मेलनमा भएको आर्थिक अनियमितता मध्य बोस्टनको स्थानिय संस्था र उत्सब गुरुङले करिब २२ हजार अमेरिकी डलर फिर्ता गरिसकेको र आर्थिक अनियमितताको अर्का आरोपी बोस्टन सम्मेलनका आयोजक मेदिनी अधिकारीको मुद्दा मेरिल्यान्ड राज्यको प्रिन्स जर्जेज काउन्टी सर्किट कोर्टमा विचाराधीन रहेको छ । त्यस्तै एएनएले स्थापना गरेको क्षात्रबृत्ति अक्षय कोषको झन्डै २९ हजार अमेरिकी डलर व्यक्तिगत तवरले दुरुपयोग गर्दै आएका ड़ा तुलसी जोशीबाट एएनएको नियन्त्रणमा ल्याउन सफल भएको छ । त्यसै गरी बाल्टिमोर निवासी केहि व्यक्तिहरुले आफ्नो नाममा राखेर अनिमियतता गर्दै आएको नेपाल एजुकेशन कल्चर सेन्टरको पशुपति बुद्द मन्दिर सहितको एएनएको चल अचल जग्गा र सम्पती पनि एएनएको नियन्त्रणमा आएको छ । तर अझै पनि एएएन पूर्व अध्यक्ष सिमोन ढुङगाना लगायत संस्थाका २७ पूर्व अध्यक्ष र संस्थापकहरुले आफ्नो कार्यकालमा भएको आर्थिक हर हिसाब हालसम्म पनि नबुझाउनु र र उनीहरु सम्मेलनको अतिथीका रुपमा निम्त्याइनुले एएनए प्रति अझै आशंका र सन्देह कायमै रहेको छ । आयोजक हरुका अनुसार न्युयोर्क सम्मेलनमा नेपाली मूलका नागरिकहरु मध्यबाट लब्ध प्रतिष्ठित नागरिकलाई एएनए हिरो बाट सम्मान गरिने परम्परालाई निरन्तरता दिइने छ । संयोजक महर्जनका अनुसार मातृभूमि नेपालका लागी ३१ औं एएनए सम्मेलन भन्ने मुलनारा सहित आगामी जुलाई ३ देखि ६ तारिख चल्ने एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको न्युयोर्क सम्मेलन ३ दिन सम्म नेपालको झल्को दिने विविध कार्यक्रम आयोजना हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस