‘नेपाल जनस्वयंसेवक व्युरो’को नाममा चुनाव भाँड्ने दस्ता तयार गरिँदै

२ असार २०७०, आईतवार २०:१३ मा प्रकाशित

काठमाडौं, २ असार । चुनावको मिति घोषणा भएसँगै राजनीतिक दलहरु चुनावकेन्द्रित कार्यक्रममा दौडधुप गर्न थालेका छन्, तर चुनावको विरोध गर्दै आएको दल नेकपा-माओवादीले भने चुनाव भाँड्नकै लागि सशस्त्र दस्ता निर्माणको तयारीमा जुटेको बुझिएको छ । चुनाव भाँड्नका लागि आफ्नो पार्टीका युवाहरुलाई संगठित गराएर ‘दस्ता’ निर्माण गरिसकेको नेकपा माओवादीले अहिले ती युवालाई बुथ कव्जा गर्नका लागि लाठी चलाउन सिकाइरहेको छ। यो कार्य दाङमा सञ्चालन गरिएको बताइएको छ । 
आफूहरुको असहमती रहँदारहँदै निर्वाचन मिति घोषणा गरिएको प्रति रुष्ट माओवादी सशस्त्र रुपमै प्रतिकारमा उत्रने तयारीमा जुटेको हो। पार्टीको आधिकारिक निर्देशन आए चुनाव भाँड्न जस्तोसुकै कदम चाल्ने जिल्ला तहका माओवादी नेताहरुले खुल्लमखुल्ला अभिव्यक्ति दिँदै आएका छन् ।
चुनाव भाँड्नकै लागि दाङ जिल्लाका गाउँगाउँमा नेकपा माओवादीले युवा दस्ता निर्माण गरेको छ। जिल्लाका ३९ वटै गाविस तथा दुई नगरपालिकाका प्रत्येक वडामा १० देखि सय जनासम्म युवालाई समेटेर यस्ता दस्ता निर्माण गरिएको छ भने नेपाल जनस्वयंसेवक व्युरोको नाममा यस्तै दस्ता देशव्यापी रुपमा तयार गरिने सो पार्टीका एक केन्द्रिय नेताले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४