राष्ट्रपति उपचारार्थ सोमबार दिउँसो जापान प्रस्थान गर्दै

२ असार २०७०, आईतवार १९:५९ मा प्रकाशित

काठमाडौं, २ असार । ठूलो आन्द्रामा ट्युमर देखिएपछि चिकीत्सकहरुद्वारा विदेशमा लगी उपचार गर्न सिफारिस गरिएका राष्ट्रपति रामवरण यादवलाई सोमबार उपचारार्थ जापान लगिने तय भएको छ । उहाँ सोमबार दिउँसो सहयोगीहरुसहित जापान प्रस्थान गर्नुहुनेछ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामवरण यादवको उपचारका लागि जापान लैजाने निर्णय गरेको थियो भने बैठकले उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत ब्यहोर्ने निर्णय गरेको छ । तर, जापानमा अस्पतालको व्यवस्था जापान सरकारले नै गर्ने बताइएको छ। यसअघि मेडिकल बोर्डले राष्ट्रपति यादवलाई उपचारका लागि विदेश लैजान सिफारिस गरेको थियो।
राष्ट्रपति यादवसँग छोरा चन्द्रमोहन यदाव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादजव भट्ट, परराष्ट्रबाट शिष्टाचारमाहापाल र सुरक्षा निकायका तीन जनासहित दस जनाको टोली जापान जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि