निर्वाचन क्षेत्र बढ्न सक्ने गच्छेदारको अनुमान

२ असार २०७०, आईतवार १९:४८ मा प्रकाशित

रासस, काठमाडौं, २ असार । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाको निर्वाचन सरकारले घोषणा गरेकै मितिमा हुने विश्वास व्यक्त गरेका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चाकर्मीसँग कुरा गर्दै उनले आसन्न निर्वाचनमा शङ्का नगरी सबै दल निर्वाचनमा जानुपर्ने बताए।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका अध्यक्ष गच्छदारले सरकारले घोषणा गरेको निर्वाचनप्रति असहमति जनाउने सबै दललाई सहमत गराउन प्रयत्न गर्ने बताउँदै राजनीतिक संयन्त्रको विरोध गर्नुभन्दा यसमा सहभागी भएर उपयोग गर्न विरोधी दलहरुलाई आग्रह गरे। उनले उच्चस्तरीय राजनीतिक संयन्त्रकै खारेजीको माग गर्नु मुलुकलाई अझ अन्योलतातर्फ धकेल्नु भएको बताए। निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसङ्ख्याको सन्तुलन कायम गर्दा केही निर्वाचन क्षेत्र बढाउन सक्ने सम्भावना रहेको पनि उनले औँल्याए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा