संविधानका लागि कांग्रेसको बहुमत अपरिहार्य : महामन्त्री सिंह

२ असार २०७०, आईतवार १९:४१ मा प्रकाशित

काठमाडों, २ असार । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई दुई तिहाई बहुमत नदिए फेरि पनि संविधान बन्न नसक्ने उदघोष गरेकै दिन जापान हुँदै केही दिनदेखि हङकङमा रहेका नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई अहिलेको संकटबाट बाहिर निकाल्न नेपाली कांग्रेस प्रथम पार्टी हुनु आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन् । विगतमा एमाओवादी सबैभन्दा ठूलो दल भएपनि जिम्मेवारी पुरा गर्न नसक्दा संविधान जारी हुन नसकेको उल्लेख गर्दै नेता सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई प्रमुख पार्टी बनाउन आग्रह गरे । नेपाली जनसम्पर्क समिति हङकङको १७ औँ वार्षिकोत्सवमा सहभागी हुन पत्नी सिर्जनासहित त्यहाँ पुगेका सिंहले आइतबार आयोजित कार्यक्रममा निर्वाचनको विकल्प नभएको र दलहरु मिलेर आगामी मंसिरमा संविधानसभाको निर्वाचन सफल गराउने दाबी पनि गरे ।
मुलुकमा चुनावी माहौल बनिसकेको उल्लेख गर्दै अब असन्तुष्ट पक्षहरू राजनीतिक सहमतिमा आउनुको पनि विकल्प नरहेको महामन्त्री सिंहले बताए । असन्तुष्ट पक्षलाई सहमत गराउने प्रयास जारी रहने र त्यसमा असफलता हात लागे पनि चुनाव भने भएरै छोड्ने उनको कथन थियो ।
नेपाली कांग्रेसलाई संघीयताविरोधी भन्ने आरोप लगाउनेहरुले कांग्रेसलाई नबुझेर आ।रोप लगाएको भन्दै उनले एक मधेस एक प्रदेशमा विमति जनाउनुको अर्थ संघीयताविरोध हुनु होइन भनी प्रस्ट्याउने कोसिस गरे ।
महामन्त्री सिंह आइतबार राती स्वदेश आइपुग्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस