आगोको ज्वाला -माया ठकुरी

२५ चैत्र २०६८, शनिबार २१:२३ मा प्रकाशित

“हेर्नोस् त मिस, हामीहरूले यो फूलबारी कति राम्रोसँग गोड्यौं,” विनयले आप्mनो समूहका अरू तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो ।

“ए हो, खोइ हेरुँ त,” भर्खर किशोरवय पार गरेकी रमिला बालगृहको प्राङ्गणमा रहेको फूलबारीनेर पुगिन् र भनिन् । “ओहो, कस्तो राम्रोसँग गोडेर सफा बनाएछौ !

कति राम्रो देखिएको छ ।”

त्यति नै खेर नोर्बुले पनि रमिलाको छेउमा आएर भन्यो, “मिस, हामीहरूले पनि कुखुराको खोर सफा गरेर अण्डाहरू जम्मै डालोमा राखेका छौं ।”

“ल, ल, जाऊ तिमीहरू ज–जसले आप्mनो काम सक्यौ, हातमुख धोऊ,” रमिलाले भनिन् । “त्यसपछि खाना खानुपर्छ । अनि केही बेर आराम गर्नुपर्छ ।”

स्कुलमा मिनपचासको लामो विदा सुरु भए यता बालगृहमा बस्ने ३२ जना जति बालक यस्तै विभिन्न कार्यक्रममा व्यस्त भएका थिए । कहिले काठमाडौंका अनेकौं

ऐतिहासिक र रमणीय स्थल घुम्ने, कहिले खेल्ने, कहिले चित्र बनाउने, कहिले कथा र कविता लेख्ने जस्ता गतिविधिमा ती बालकहरू सहभागी हुने गरेका थिए । यी ४

देखि ८/९ वर्षका बालकहरू कोही सडक बालक थिए, कोही पाटीतिर फेलापरेका थिए भने कोही आप्mनै जन्मदातृ माताद्वारा त्यागिएका पनि थिए । तीमध्येका धेरैजसो

बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेका कामबाट प्रमाणित भएको थियो ।

*******************

मुग्लिन बजारको “होटल आँखीझ्याल” अगाडि एउटा यात्रुबस आएर अडियो । यात्रुहरू बसबाट ओर्लेर धमाधम होटलभित्र पसे ।

“ल छिटोछिटो खानाको अडर ली है कान्छी !” साहुनीले उज्यालो अनुहार बनाएर भनिन् ।

लगभग १२/१३ वर्षकी खिरिलो शरीर भएकी केटी एउटा अधवैंशे मानिस बसेको टेबुलछेउ गई र “तपाईंलाई के ल्याइदिऊँ ?” भनेर मसिनो स्वरमा सोधी ।

“मलाई त तिमीलाई खान मन छ कान्छी, खाऊँ ?” त्यो मानिसले आप्mनो टाउको कान्छीतिर लगेर भन्यो ।
“अबुई, के गर्नुभाको यस्तो !” कान्छी तर्सेर पछाडि सरी ।

“किन डराएको ? म बाघभालु होइन । आऊ न आऊ, मेरो नजिक आऊ,” त्यो मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो ।

त्यस प्रकारको अप्रत्याशित बर्तावले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठा तिर गई ।

“ए साहुनी, कान्छी त भागी नि । उसैको हातमा खाना पठाऊ है— उसको हातले ल्याएको खानाको स्वादै भिन्नै !” भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो ।

भान्साकोठामा दुवै हातले आप्mनो अनुहार छोपेर कान्छी चित्त दुखाइ, दुखाइ रुँदै थिई । त्यतिकैमा झुत्रे लुगा लगाएको एउटा ७/८ वर्षको केटो कान्छीको नजिक आयो र

उसको कुममा हात राखेर भन्यो, “के भो दिदी ? कल्ले पिट्यो ? किन रोको ?”

आप्mनो एकमात्र सानो भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अङ्गालो हाली र हिक्कहिक्क गर्दै रुन थाली ।

“ए तिमीहरू दिदीभाइ त यहाँ अङ्गालो मारेर बसेका छौ । उता ग्राहक भने कराइ रहेका छन्,” साहुनी रिसाउँदै भान्सामा आएर कराउन लागिन् । “जा छिटो गएर खाना

दे । अनि, तँ फुच्चे ! तँ पनि अब त जग र पानी बोकेर जानु पर्दैन दिदीलाई सघाउन ! त्यो बिचरो रामेले कताकता भ्याओस् ।”

कान्छीले हत्केलाले आँशु पुछी र आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठेर ग्राहकहरू भएतिर लागी । त्यो फुच्चे केटो पनि सकिनसकी पानीको जग उठाएर

दिदीको पछिपछि हिड्यो ।

दिनभरको व्यस्ततापछि पनि राति अबेरसम्म त्यो केटी कहिले भाँडा माझ्ने, कहिले तरकारी काट्ने र कहिले ग्राहकहरूको मागअनुसार खाना टेबुलमा पु-याउने काममा

लागिरहन्थी । आप्mनो शरीर र उमेरले धान्न नसक्ने परिश्रम गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी । ऊ राति राम्ररी निदाउन पनि सक्दिनथी । उसको भाइ

सानो भएको हुनाले ओछ्यानमा पर्नासाथ निदाइहाल्थ्यो । तर प्रायजसो मध्यरातमा ऊ झस्कँदै, चिच्याउँदै वा कहालिदै ब्युँझन्थ्यो । कान्छीले भाइलाई थुम्थुम्याउने र

सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो ।

एक बिहान त्यो सानो केटो उठ्दा उसकी दिदी होटलमा थिइन । निकैबेर दिदीलाई होटलमा नदेखेपछि ऊ अधीर भई साहुनीलाई सोध्यो, “दिदी खोइ ?”

“मैले तेरी दिदीको ठेक्का लिएको छु र मलाई थाहा हुने तेरी दिदी कहाँ गई भनेर ! हिरोइन हुन गई कि पोइला गई मलाई के थाहा” साहुनी च्याँट्ठिइन् ।

आफूलाई एकाएक दिदीले छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास भई “दिदी ! दिदी !” भन्दै लेघ्रो तानेर रुन थाल्यो ।

“ए केटो, बिहान–बिहानै यसरी लेघ्रो तानेर अलच्छिन न ला है । तेरी दिदी अब कहिल्यै फर्केर आउँदिन । हामीले भने दुख पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई

बस्ने खाने मेसो लगाइदिन्छौं । उनीहरू भने दुईचार दिन बसेपछि मात्तिएर भाग्छन् । जे भयो भयो, अब के गर्छस् ? यहीं बस्, सकेको काम गर, खा । तँ रोएर तेरी

दिदी फर्कने होइन,” साहुनीले भनिन् ।

त्यसपछि त्यो केटो त्यहीं आफूले सकेको सानोतिनो काम सघाएर बस्यो ।

तीनचार महिनाजति पछिको कुरो हो । एक दिन एकजना ग्राहक भात खान ठिक्क परेको बेला उसलाई पानी दिने क्रममा त्यो केटोको हातबाट जग खस्यो र भातको थालमा

बजारियो । केटोले के भयो भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो, “कुकुर, पानी दिन पनि सोमत छैन तँलाई !”

झापडले झन्झनाएको टाउको समाएर त्यो केटो थचक्क भुइँमा बस्यो । साहुनी त्यो ग्राहकको अघि गएर अनुनय गर्न थालिन्, “के गर्ने हजुर, केटो सानो छ– काम गर्न

त्यति दोहोर्दैन । म अर्को खाना लगाउँछु ।”

“हैन, तपाईं यस्तो कामै नजान्ने केटालाई किन राख्नुहुन्छ….बेक्कारमा,” ग्राहक आँखा तर्दै थियो । उसको रिस मरेको थिएन ।

“के भन्ने र । केही कुरो भन्यो भने बरु मूढो बोल्ला यो बोल्दैबोल्दैन । सास फेरेको छ त्यसैले मान्छे
जस्तो छ, नत्र मान्छे पनि होइनजस्तो भइसक्यो,” साहुनी भन्दै थिइन् । रामेले तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबुलमा राखिदियो । ग्राहक सपासप भात

खान थाल्यो ।

साहुनीले भनिन्, “ए फुच्चे ल पानी पनि दे, नपोखीकन ।”

त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर ग्राहकले भात खाँदै गरेको स्टिलको खण्डे थालमा एकाएक जोडसँग बजारिदियो । थाल उछुट्टियो र खानेकुरा त्यो ग्राहकको

अनुहार र कपडामा छरपस्ट भयो । आफूले कल्पनै नगरेको घटना भएकोमा त्यो मान्छे क्षणभरका लागि स्तब्ध भयो । उसले देख्यो त्यो सानो फुच्चे आँखामा घृणाको भाव

बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो । सानो केटोको दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो त्यो केटो बिजुलीको

गतिमा होटलबाहिर दुगु-यो । त्यसपछि निकै बेर सम्म उसलाई खोजियो तर ऊ फेला परेन ।

होटलबाट दौडेर त्यो फुच्चे निकै वर आई एउटा अड्याइराखेको बसभित्र गई लुकेको थियो । एकछिनमा बस काठमाडौं तिर हानियो ।

*******************

साँझ लगभग ४ बजेको थियो । चियानास्ता गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए । केही बालक गोठ छेउ ढुङ्गा, माटो,

पराल लिएर सानासाना नमूना घर बनाउँदै थिए । कृष्ण, शम्भु, युगल, रोशनहरू चाहीं अलि पर बसेर आ–आप्mना कापीमा चित्र कोर्दै थिए भने अन्य बालकहरू अलि

पर चौरमा फुटबल खेल्दै थिए । बालगृहका सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिलामिस, दामोदरसर र गोविन्दसर आँगनको एउटा कुनमा बसी कुनै विषयको

छलफलमा व्यस्त देखिन्थे ।

अचानक नजिकै ठूलो कोलाहल सुनियो । केही बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए । उनीहरूका पछिपछि पालेदाइ पनि के भयो, के भयो भन्दै दौडदै थिए ।

त्यो हल्लाले सबैको ध्यान उतै तानियो । दामोदरसरले एकजना बालकको पाखुरा समाती सोधे, “के भो, तिमीहरू किन यसरी दगुरादगुर गरेका ?”

“हेर्नुस् न सर, हामीले कति दुख गरी बनाएको घर त्यसले भताभुङ्ग पारिदियो,” त्यो केटोले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो ।

“कसले के भत्काइदियो ?” रमिलामिसले उत्सुकतापूर्वक सोधिन् ।

“अरू कसले हुन्थ्यो, त्यही कुमारले हो नि हाम्रो घर भत्काइदिएको । त्यसले जहिले पनि हामीले बनाएको घर भत्काइ दिन्छ, चित्र च्यातिदिन्छ । अनि सबसँग निहुँ

खोज्छ, झगडा गर्छ । कि बोल्दैन, एक्लै बस्छ, मिलेर पनि खेल्दैन । त्यसलाई यहाँ राख्नु हुँदैन, खेदी दिनु पर्छ,” नौ वर्षे सुवर्णले गम्भीर स्वरमा भन्यो ।

“त्यसो भन्नु हुँदैन । ऊ पनि तिमीहरूको साथी हो । उसले नराम्रो ग-यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गर्नुपर्छ भन्ने होइन । उसलाई माया गरी सम्झाइबुझाइ गर्नु

पर्छ । अनि त ऊ पनि तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि । कति भयो र ऊ यहाँ आएको, भर्खर २०/२२ दिन न भयो— सुरुसुरुमा यहाँ आउँदा यहाँको नौलो वातावरणमा

बस्नुपरेपछि सबैले यस्तै केके गर्छन् नि । पछि सब ठीक हुँदै जान्छ, ” रमिलामिस ती बालकहरूलाई सम्झाउन खोज्दै थिइन् ।

दामोदरसरले थपे, “हो, रमिलामिसले ठीक भन्नुभयो । तिमीहरू सबै असल र ज्ञानी केटाहरू हौ । तिमीहरूको सङ्गतले ऊ पनि तिमीहरूजस्तै असल हुनेछ । भैगो,

अहिले तिमीहरू खेल ।”

त्यसदिन कुमारलाई सबैले सम्झाइबुझाइ गरे ।

*******************

यो घटना भएको लगभग हप्ता दिनपछिको कुरो हो । बेलुकाको खानपिन सकी सबै बालक सुत्ने तरखरमा थिए । अचानक बाहिर पालेदाइ चिच्याएको सुनियो, “आगो

लाग्यो, आगो !”
सबैजना हस्याङफस्याङ गर्दै बाहिर निस्के । गोठमा दन्दनी आगो बलेको थियो । पालेदाइले गोठका दुइटा भैंसीको दाम्लो खोलिसकेका रहेछन् । सबै मिस–सर बाल्टी बोकेर

आगोमा पानी खन्याउन थाले । एकछिनको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए ।

“आगो कसरी लाग्यो ?” गोविन्दसरले पालेदाइलाई जिज्ञासा राखे ।

“खोइ, म त यताउता गर्दै थिएँ । अचानक गोठबाट उज्यालो देखियो । आगो लागेको रहेछ । म त भैंसी फुकाउन लागें ।”

त्यहीबेला सात वर्षे अंकितले प्याच्च भन्यो, “सर, कुमारले आगो लगायो होला ।”

“किन त्यसो भनेको अंकित ? तिमीले कसरी थाहा पायौ ?”
“उसले जहिले पनि आगो लगाइदिन्छु भन्छ ।”
“खोइ त कुमार ?”

सबैका आँखाले कुमारलाई खोजे । कुमार कतै पनि देखिएन । सबैजना उसलाई धुइँधुइँती खाज्न लागे ।

“बाबु त भोगटेको रुखपछाडि पो लुकि राखेका रहेछन् त,” पालेदाइले एकछिन पछि बालगृहको ठूलो हलमा कुमारलाई डोहो-याउँदै ल्याए र भने । “आउनै मानेका

थिएनन्, बल्लबल्ल ल्याएँ ।”

“कुमार, तिमी किन लुकेको ?” रमिलामिसले सोधिन् ।

“तिमीले हो गोठमा आगो लगाएको ?” रमिलामिसको कुरा सकिदा नसकिदै दामोदरसरले सोधे ।

कुमार घोसे मुन्टो लगाएर उभिइरह्यो ।

“हेर, यति राम्रो मान्छे भएर पनि यस्तो नराम्रो काम गर्न हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छौं । तिमीले स्कुल पढ्न पाएकाछौ, राम्रो खान पाएकाछौ,

साथी पाएकाछौ । यति हुँदाहुँदै कसैको कापी, चित्र च्यातिदिने, कसैले बनाएको घर भत्काइदिने, झगडा गर्ने, र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट ग-यौ

तिमीले । तिम्रो कसले के बिगारिदिएको छ र ? किन यस्तो गरेको, भन त ?” अलि हप्काएझैँ गरी दामोदरसरले प्रश्न गरे ।

कुमारले केही बेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा हेरिह्यो ।

“हामीले पनि उनीहरूको के बिगारेको थिएम् र ? हाम्रा बालाई गोली हानेर मारे अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे, घरमा आगो लगाइदिए ! हामीले के बिगारेका

थिएम् र ?” शताब्दियौंदेखि सुषुप्त ज्वालामुखी अचानक विष्फोट भएभैंm त्यो फुच्चे बालकको मुखबाट शब्दहरू आगोका ज्वालाझैँ बनेर निस्के । वातावरणमा एकाएक

श्मशान स्तब्धता छायो ।

एकछिन त्यहाँ भएका सबैजना अवाक् भई त्यस बालकको अनुहार हेरिरहे । त्यसपछि बिस्तारै पाइला चाल्दै रमिलामिस अघि बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन् ।

त्यस क्षण उनका आँखामा आँशु टल्पलाउँदै थियो । उनले बिस्तारै आप्mना दुवै हात पैmलाएर त्यस बालकलाई आफ्नो छातिमा टाँसिन् । उनी शब्दको माध्यमद्वारा उसलाई

सान्त्वना दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध गरायो । उनी सुँक्कसुँक्क गर्न थालिन् ।

अचानक कुमार “दि….दी…!. ! …..दि……..दी ! !” भन्दै कङ्कला स्वरमा रुन थाल्यो । त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको

नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेकोझैँ गरी घेर्नलागे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार