प्लाइउड गोदाममा आगलागी, त्रिशुलीमा बगेका किशोर-किशोरीको खोजी तीव्र

२ असार २०७०, आईतवार १२:३९ मा प्रकाशित

काठमाडौं, २ असार । चितवन भरतपुरको हाकिमचोकमा रहेको एक प्लाइउड गोदाममा भीषण आगलागी भएको छ। प्लाइउड, कार्पेट, सिसा लगायतका समानहरुको थोक तथा खुद्रा विक्रेता रहेको मञ्जुश्री सप्लार्यसको गोदाममा भएको आगलागीका कारण गोदाममा भएका सम्पूर्ण सामान जलेर पूर्णरुपमा क्षति भएको बताइएको छ। 
सम्बन्धित व्यवसायी नवराज लामिछानेलाई उद्धृत गर्दै करिब ४ करोडको नोक्सान भएको समाचार सर्वजनिक गएको छ। सो आगलागी विजुली सर्ट भई भएको हुन सक्ने अनुमान गरिएको छ भने सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीको प्रयासका साथै तीनवटा दमकलले आगलागी नियन्त्रण लिएको थियो।
यता, शनिवार अपरान्ह त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका ५ जना किशोर किशोरीको खोजी कार्यमा तीव्रता दिइएको छ । सशस्त्र प्रहरी बल बिपद् ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा १० जनाको गोताखोर टोलीले नदीमा बेपत्ता हरुको खोजी सुरु गरेको हो।
चितवनको दारेचोक गाविस ३ स्थित कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भरतपुर ५ स्थित सापाकोटा चोकका रजनी रेग्मी,लिजा रेग्मी,मोनिका रेग्मी,अस्मिता थापा र नारायाणगढ बेलसोतका जनक राउत छन् ।
स्कुटर र मोटरसाईकल चढेर कुरिनटार घुम्न गएका उनीहरु दिउँसो १२ बजे कुरिनटारको रिभर साईड रिसोर्टमा खाजा खाई नदी छेउमा खेल्न गएका थिए । पौडी खेल्दै गर्दा बगेपछि एकले अर्कोलाई बचाउने क्रममा ५ जना नै बगेर बेपत्ता भएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा