उदारवादी छविका रोहानी इरानको राष्ट्रपति निर्वाचित

२ असार २०७०, आईतवार ०९:१० मा प्रकाशित

एजेन्सी । इरानको नयाँ राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उदारवादी छविका नेता हसन रोहानी निर्वाचित भएका छन् । उनले ५०.७१ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । रोहानीको जितपछि उनीसँग परमाणु कार्यक्रमको विषयमा सिधा कुराकानी गर्न अमेरिका तयार रहेको ह्वाइट हाउसको प्रतिक्रिया सार्वजनिक भएको छ ।
ह्वाइट हाउसको बयानमा उल्लेख गरिएअनुसार विभिन्न सरकारी वाधा–अडचन र पारदर्शिताको अभावका बावजुद इरानी जनताले आफ्नो आवाज सर्वत्र फिँजाउन सफल भएका छन् । कतिपय पश्चिमा मुलुकहरुले पनि वर्षौंदेखि चलिआएको टक्करको नीत छोडेर इरानले सकारात्मक दिशातर्फ आफूलाई उन्मुख गराएको प्रतिक्रिया दिएका छन् ।
इरानको आन्तरिक मन्त्रालयले जनाएअनुसार जनताले अत्यन्त उत्साहका साथ मतदानमा भाग लिएका छन् । करिब ७२.२ प्रतिशत इरानीले आफ्नो मताधिकारको सदुपयोग गरेको सरकारी तथ्याङ्क सार्वजनिक गरिएको छ । इरानमा मतदान गर्न अधिकार राख्ने पाँच करोड जनता छन् ।
स्मरण रहोस्, कट्टरपन्थी धारका महमुद अहमदीनेजादले लगातार दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कारण यसपटकको निर्वाचनमा उनी उम्मेदवार बन्न सक्दैनथे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले