प्रचण्डले गर्न थाले चुनावी बाचा

२ असार २०७०, आईतवार ०८:४७ मा प्रकाशित

काठमाडौं, २ असार । एमाओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि आमनेपालीले विश्वास र भरोसा गर्न छाडेका छन्, तथापि नयाँ नयाँ उदघोष र बाचा गर्न उनले छोडेका छैनन् । यस क्रममा पछिल्लोपटक प्रचण्डले आफूले निर्वाचनमा दुइतिहाई बहुमत ल्याए पाँच वर्षमा नयाँ नेपाल, दश वर्षमा समृद्ध नेपाल अनि बीस वर्षमा समृद्ध जनता बनाउने उद्घोष गरेका छन् ।
संविधानसभाको निर्वाचन घोषणा भएलगत्तै गृहजिल्ला चितवन पुगेका प्रचण्डले शनिबार चितवनमा आयोजित एक सभामा भने, ‘संघीयता, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको एमाओवादीलाई दुइतिहाई बहुमत आउँछ भन्ने विश्वास लिएको छु।’ पूर्वी चितवनको खैरहनीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलन उद्घाटनमा सम्बोधन गर्दै उनले संघीय नेपाल निर्माणको मुद्धामा आधारित पक्षको विरुद्धमा बहुमत कसैले रोक्न नसक्ने दाबी उनले गरे। अझै पनि देशको माहोल आफूहरुकै पक्षमा रहेको र त्यही बहुमतबाट जनताको संविधान बन्ने ठोकुवा पनि उनले गरे। नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने, उत्साह ल्याउने, आर्थिक समृद्धि गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एजेण्डा निर्वाचनसँगै अघि बढ्ने प्रचण्डको भनाई थियो । आगामी मंसिरमा पनि निर्वाचन हुन नदिन निकै ठूलो डिजाइन चलिराखेको जिकिर गर्दै उनले जनताको एजेण्डालाई कसैले रोक्न नसक्ने उल्लेख गरे।
सोही कार्यक्रममा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जनयुद्धपछि अब मनयुद्ध र मतयुद्धको पालो आएको बताए। एमाओवादीले अग्रगामी एजेण्डा बोकेको भन्दै उनले आफ्नो पार्टीको पक्षमा जनमत बनाउन  शिक्षकहरुसँग आग्रह  गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा