पाकिस्तानी छात्राहरुमाथि उग्रवादी हमला

२ असार २०७०, आईतवार ०८:२७ मा प्रकाशित

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित महिला विश्वविद्यालयको एक बसमा बम विष्फोट हुँदा १४ छात्राहरुको मृत्यु भएको छ । लश्करे झाङ्वी नामक चरमपन्थी समूहले उक्त बम विष्फोटको जिम्मा लिएको बताइएको छ ।
आतंककारी समूहले घाइतेको उपचार चलिरहेको अस्पतालमा समेत आक्रमण गरेको र सो क्रममा अन्य दश जनाको ज्यान गएको एजेन्सीहरुले उल्लेख गरेका छन् । अस्पतालमा गरिएको आक्रमणमा एक उच्च तहका कर्मचारी र एक नर्सको पनि मृत्यु भएको जनाइएको छ ।
लश्करे झाङ्वीको प्रवक्ता दाबी गर्ने एक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै हालै सुरक्षाकर्मीहरुद्वारा एक महिला र बच्चाको ज्यान जाने गरी हालै गरिएको सर्चअभियानको बदलामा आफ्नो संगठनले यो घटना गराएको बताएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट