राष्ट्रपति अस्वस्थ, उपचारका लागि जापान लैजाने तयारी

२ असार २०७०, आईतवार ०८:१० मा प्रकाशित

काठमाडौं, २ असार । राष्ट्रपति डा. रामवरण यादवलाई उपचारको लागि जापान लैजाने तयारी भइरहेको शितल निवास स्रोतले जनाएको छ । विगत आठ-दश दिनयता खाना नरुच्ने र अपचको समस्यासमेत देखिन थालेपछि गत शुक्रबार टिचिङ अस्पतालमा उहाँको एमआरआई गराइएको थियो । एमआरआईबाट ठूलो आन्द्रामा घाउ देखिएकाले थप परीक्षणका लागि जापान लैजान लागिएको हो । चिकित्सकहरुले आन्द्राको घाउ क्यान्सर पनि हुनसक्ने भएकोले लापर्वाही गर्न नहुने भन्दै रोगको निदान तथा उपचारका लागि विदेश लैजान सल्लाह दिएको बताइएको छ । सामान्य नागरिक भइदिएको भए नेपालभित्रै रोग पत्ता लगाउने कोशिस गर्न सकिन्थ्यो तर राष्ट्रपतिको भएकाले बाहिर पठाउन बेस भएको तर्क सम्बन्धित चिकित्सकहरुले दिएको राष्ट्रपति कार्यालयका कर्मचारीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै