‘ठूला दलले चाहे पनि चुनाव हुन गाह्रो’

२ असार २०७०, आईतवार ०७:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २ असार । सरकारले संविधानसभाको दोश्रो चुनाबको मिति घोषणा गरे पनि  मंसिरमा यहि अवस्थामा संविधानसभाको चुनाब हुनेमा शंका ब्यक्त गरेका छन् । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले मिति घोषणा गरेको २४ घन्टा बित्न नपाउदै बन्द हड्ताल जस्ता कार्यक्रम घोषणा गरिनुले चुनाब हुनेमा शंका रहेको स्थानियहरुको भनाई रहेको छ ।
बुटबल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले भने चुनाब होला जस्तो लाग्दैन सबैलाई सहमतिमा  ल्याउने वातावरण श्रृजना गरेर मात्र चुनाबको मिति तोकेको भए संभव थियो होला  अन्य आवस्थामा चुनाबको मिति तोक्नुले झन बिरोध हड्ताल बन्द हुने अवस्था श्रृजना हुनु हो । चारदलहरु सबैलागेर आन्दोलनरत पार्टिलाई सहमतिमा  ल्याउनु आवस्यक रहेको उनले बताए ।
नेपाल सदभावना पार्टि राजेन्द्र महोतो समुहका जिल्ला  अध्यक्ष आनन्द प्रसाद गुप्ताले चुनावको मिति घोषणा गर्दैमा चुनाव हुन्छ भनेर भन्न नसकिने बताए । चार दलहरुको मात्र पेवा देश नभएकोले  सहमतिको वातावरण मिलाई चुनाबमा जानुपर्ने बताए । आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गरेर मात्र चुनाब संभव भएको बताए । फलफुल ब्यापारी कलाधर पन्थीको भनाई पनि फरक छैन । सबैको सहमतिमा चुनाब संभव रहेकोले ४ ठुला दलले भन्दैमा चुनाब संभव नभएको बताए । उनिहरुले सहमतिमा  ल्याई चुनावी वातावरण बनाउनु पर्ने र संविधान सभाको दोश्रो चुनाब गराई नेपाली जनताको चाहना अनुसारको संविधान बनाउनु पर्ने बताए ।
कर्मचारी लक्ष्मीराज रेग्मीको भनाईमा चुनाव आवश्यक रहेको हुनाले सहमतिमा  आई सबै मिलेर चुनावमा जानुपर्ने बताए ।  दुबै पक्ष लचाकताका साथ आई बार्ताको माध्यमबाट समस्याको समाधान गर्नु पर्ने बताए । यस्तो भए मात्र चुनाव हुन्छ नत्र बिरोधका बाबजुत कसरि चुनाब संभव होला उनले भने ।  स्थानिय गृहिणि सिता जिसी भन्दछिन्– यस्तो अवस्थामा खै चुनाव होला जस्तो लाग्दैन । बिरोध हुदाहुदै कसरी चुनावमा जाने मत हाल्न जाने । सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ । स्थानिय ब्यापारी गोकर्ण ज्ञवाली भन्दछन बैद्य लगायतका ३३ दलहरु बाहिर बिरोध गरिरहेका छन यस्तो अबस्थामा चुनाव होला भनेर भन्न सकिने अबस्था नरहेको बताए । माओबादी पहिले हतियार धारी भएकोले पनि उनीहरुको डर त्रास रहेको बताए । सहमतिमा सबै दलहरुलाई चुनाबमा लैजानु नै उत्तम विकल्प रहेको ज्ञवालीको भनाई छ । चुनावको मिति घोषणा भएको दिनबाट नै बिरोध बन्द जस्ता कार्यक्रम आयोजना गरेकोले यो चुनाब होला भन्नेमा शंका रहेको उनको भनाई रहेको छ । यस क्षेत्रमा रहेका अधिकांश मानिसको  भनाईलाई आधार मान्ने हो भने सहमतिमा आन्दोलनरत दलहरुलाई  नल्याई चुनाब असंभव देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय