वैदेशिक रोजगारीका नाममा मानव बेचविखन गर्ने पक्राउ

१ असार २०७०, शनिबार २१:४३ मा प्रकाशित

काठमाडौं, १ असार । रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी, शोषण र मानवबेचविखन गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि. का प्रवन्धक निर्देशक ताप्लेजुङ फाकुम्बा­९ घर भई हाल काठमाडौ शान्तिनगर­३४ बस्ने ३६ बर्षीय योगेन्द्र कुमार लिम्बु र सोही कम्पनीका कर्मचारी ताप्लेजुङ थेचम्बु–२ घर भई हाल काठमाडौ–९ भिमसेन गोला बस्ने ३५ बर्षीय लोकमणि लिम्बुलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नुवाकोट घर भई हाल काठमाडौं बस्ने दिपा श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजमा निवेदन दिएका आभारमा अनुसन्धान गरी प्रहरीले उनीहरुले पक्राउ गरेको हो । लिम्बुद्वयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक