चौथो अन्तर्राष्ट्रिय नेपाली कविता पुरस्कार पदम गौतमको ‘सपना पछ्याउँदै’ कवितालाई

१ असार २०७०, शनिबार २१:२१ मा प्रकाशित

न्युयोर्क । एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा मोरङका पदम गौतमको ‘सपना पछ्याउँदै’ शीर्षकको कविता प्रथम भएको छ । आयोजक शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंकी हरिमाया भेटवालको ‘आमा र घाम’ कविता दोस्रो र पोखराका ईश्वरमणि अधिकारीको ‘घर’ कविता तेस्रो भएको छ । महोत्सवमा प्रथम हुने कविले एक हजार अमेरिकी डलरसहित ‘एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ दोस्रोले तीन सय अमेरिकी डलरसहित ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र तेस्रोले दुई सय डलरसहित ‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ पाउने छन् ।
कविता प्रतियोगिताका लागि १८ देशबाट अंग्रेजी र नेपाली भाषामा जम्मा २ सय २७ वटा कविता प्राप्त भएको जनाइएको छ । कविता महोत्सब आयोजना गर्न प्रतिष्ठानका उपाध्यक्ष एवं साहित्यकार विनोद रोका प्रमुख संयोजक र कवि गोवर्द्धन पूजा उपसंयोजक रहेको समिति गठन गरिएको थियो । कविता मूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, डा. हरिहरप्रसाद भट्टराई, विप्लव प्रतीक, गोवर्द्धन पूजा र नीलम कार्की नीहारिका रहेको निणर्ायक समिति गठन गरिएको थियो । तीनै जनालाई जुलाई ४ देखि ६ सम्म न्युयोर्कमा हुने एएनएको ३१ औं सम्मेलन अवसरमा पुरस्कार हस्तान्तरण गरिने उपसंयोजक गोवर्द्धन पूजाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि