पर्यटनको परिकल्पना; भुतको प्याकेज बेच्छन अजीहरु

१ असार २०७०, शनिबार १९:४० मा प्रकाशित

हेमन्त काफ्ले, सिड्नी, अष्ट्रेलिया, १ असार । मंगलग्रहमा प्राणिको अस्तीत्व भेटिएपछि उत्साहीत बैज्ञानिकहरु मानवबस्तीको परिकल्पना गरिरहेको बेला बिश्वकै बिकसीत राष्ट्र अस्ट्रेलियामा भने अझै भुतको खेती गर्नेहरु राम्रो ब्यापार गरेर बसेका छन ।

ख्याक,किचकण्डी र मसान खेलाउने जस्ता हाम्रा संस्कारका पाटाहरु किम्बदन्तीमा उल्लेख भएपनि एक्काइसो सताप्दीको बैज्ञानिक युगमा भुत देखीने र देखाउने परम्परागत सोचले बिकसित राष्ट्रलाइ पनि गाजेको पाइन्छ ।

सिडनीको म्यानले बिचसँगै जोडिएको नर्थ हेडमा रहेका पारानर्मल रिर्जोट यस्तै एउटा भुतको ब्यापार गर्ने होटल हो। करिब २० किलोमिटर जंगलको सेरोफेरोमा रहेको यो रिर्जोटमा भुत हेर्न अस्ट्रेलियावाट मात्रै हैन युरोप र अमेरिकावाट समेत पर्यटक आउने गर्छन।

सो रिजोर्टले शुक्रबार लालटीनको उज्यालोमा आपना ग्राहकहरुलाई जंगलमा भुत्याहा भ्रमणमा लाने गर्छ। सो रिर्जोटमा करिब १० जना भुत देखाउने गाइडको समेत ब्यबस्था छ । करिब ८ घन्टे त्यो भ्रमण रोचक र अबिस्मरणिय हुने होटलका सन्चालक बताउछन।

हामीले राती झाडीमा केहि छाया र धुवा देख्यौ, यो हाम्रो लागि रोचक र रोमान्चक भ्रमण बन्यो, भुत हेर्न पुगेकी सिडनी निवासी लोरियलले भनिन। हुन त भुत प्रेत कहानी र पुराना कथामा सिमित बनेपनि केहि अदृष्य चिज अर्झै बिद्यमान छन भन्ने कुरा यसले पृष्टी गरेको छ, उनले सुनाइन ।

हुन त सिडनीको नर्थ हेडमा रहेको यस रिर्सोटको कहानी बेग्लै छ। करिब छ दशक अघि पानी जहाजमा अस्ट्रेलिया आएका करिब दुइ सय जना यात्रीलाई कुनै भयंकर रोगले छोएछ । रोग सर्ने डर र उनिहरुलाई सुरक्षीत राख्न मानव बस्ती नभएको लगभग टापु समान नर्थ हेडमा उनिहरुलाई राखिएको रहेछ। तर केहि दिनमै सबै यात्री भकाभक मर्न थालेछन । जहाजमा आएका ती सबै यात्री मरेका कारण सो स्थानमा अझ्र भुतप्रेतको बास छ भन्ने उनिहरुको बिश्वास गर्दा रहेछन।

भर्खरै भुत्याहा भ्रमण सकेर फर्किएका न्युक्यासलकी एलीसाले भनिन, आखाले केहि त्यस्ता कुरा देखेपछि र सुनेपछि बिश्वास गर्न बाध्य हुनुपर्दो रहेछ। उनले भ्रमणसँगै रिसोर्टका कोठाहरुमा अचम्मको कृयाकलाप भएको आफुले आखाँले देखेको बताइन।

जे भएपनि भुतको ब्यापार गर्नु आफैमा एउटा रोचक बिषय भने हो, त्यो पनि आधुनिकताको पारकाष्टा नाघेको अस्ट्रेलियामा। करिब तिन बर्षदेखि सोही रिर्सोटमा सुपरभाइजर काम गर्दै आएका नेपाली युवा विजय कार्की भने आफुले भुत भने नदेखेको बताउछन । तर आएकामध्ये धेरैले भुत देखेको र सो स्थानमा अदृष्य गतिविधी भैरहने बिचार ब्यक्त गरेको कार्कीले अनुभव सुनाए ।

नेपालजस्तो प्राकृतिक सुन्दरताले भरिएको मुलुकमा पर्यटनको आधार खोजिरहेको बेला अस्ट्रेलियामा भने भुतको प्याकेज बेच्नु एउटा रोमान्चक अनुभव भएको विजयले सुनाए।

भुत हेर्नका लागि भनेरै कयैन मुलुकका मानिसको भिड लाग्ने गरेको कार्कीले अनुभव सुनाए । झाडी र एकलास स्थानमा रहेको सो रिर्सोट करिब ४ किलोमीटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस