एसएलसी प्रिन्सेज २०१३ को ताज अमृता अधीकारीको सिरमा

१ असार २०७०, शनिबार १९:२१ मा प्रकाशित

काठमाडौं । सिजन मिडियाले विगत ३ वर्ष देखि गदै आएको “काठमाडौं वर्षा एसएलसी प्रिन्सेज–२०१३” को अन्तिम प्रतिष्प्रर्धा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

सहभागी ४४ जनालाइ पछि पादैप्रतियोगी नं ४२ अमृता अधीकारीले वाजीमारीन भने फष्ट रनरअप सलोनी भट्टराई प्रतियोगी नं. २५ ले चुम्न सफल भइन त्यस्तै सेकेन्ड रनरअप आयुसा वस्नेत प्रतियोगी नं. २ ले प्राप्त गरीन त्यस्तै थर्ड रनरअपमा प्राची अर्याल र फोर्थ रनरअपमा आचल दवाडी विजेता घोषीत भइन ।

उक्त कार्यक्रममा विभिन्न टाइटलहरु अन्तरगत क्रमस मिस पपुलर डिम्पल भट्टराई, अर्गनाइजर च्वाइस अवार्ड आयुसा वस्नेत ,भ्यूअर्स च्वाइस अवार्ड सुमी कुवर त्यस्तै वेष्ट वाक सितुसित वस्नेत ,फेसवुक मल्टीमीडीया अवार्ड श्रीयाङ्का थापा ,डिस्टीङ्सन अवार्ड सृष्टीसुमन ओझा र रुचीका वस्नेत ,मिस इनोसेन्ट मुना गौचन ,मिस फोटोजेनीक एन्जीसा श्रेष्ठ , वेष्ट स्माइल अफिसा श्रेष्ठ,वेष्ट हेयर संगीता वास्कोटा , फेन्डसीप अवार्ड समृदी धिताल एजुकेशन अवार्ड अनीसा खड्का , मिस डिसिपिलिन आकृती सीजापती , मिस पर्सनालीटी आंचल दवाडी साथै ट्यालेन्ट अवार्ड उत्र्कषा गौतमले हातपारीन भने वेष्ट डेस तृष्णा भण्डारीले हात पारीन । काठमान्डौका विभिन्न स्कुलहरुवाट एस एल सि दिएर वसेका छात्राहरुवाट करिब ८० जना भन्दा वढिको आवेदनवाट हामीले ४४ प्रतियोगीहरु छानेका थियौं ।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा सुभतारा स्कुलका प्रेम गुरुङ , प्राइम कलेजका प्रिन्सीपल नरेस प्रसाद श्रेष्ठ , सिनियर विमान परिचारीका अन्जली सर्मा खनाल , मिस इन्टरनेशनल नेपाल २०१२ की विजेता सुभेक्षा खड्का , गायीका इन्दीरा जोसी , नेपाली चलचित्र निमार्ता निर्देशक अकास अधिकारी र मेगा वैङ्ककी चिफ विजनेश अफिसर रविना देशराज श्रेष्ठ द्धारा उक्त कार्यक्रममा निर्णायक मण्डलको भुमीका खेल्नु भएको थियो ।

करिब डेढ महिनाको प्रशिक्षण अविधिमा प्रतियोगिले विभिन्न प्रशिक्षण लिएको पनि यहाँहरुलाई अबगत गाराउदछौ । जस अन्तर्गत दरवार मार्ग स्थित सि डव्लु पार्टाी प्यालेशमा कोरियोग्राफर रोजीन शाक्यबाट प्रतियोगीले निरन्तर स्टेज पर्फमेन्स, क्याटवाक व्यक्तित्व विकास आदिको प्रशिक्षण लिइरहेका छन । यही अबधिमा एस एल सि उर्तिण पश्चात कलेज प्रवेश गर्नु भन्दा पहिले कलेजले लिने इन्ट्रान्स परीक्षाको तयारी कक्षाहरु पनि सन्चालन गरिराखेका छौ । जसमा अंगे्रजी, गणित र विज्ञान विषयमा अध्यापन गराएका छौ । यस्तै प्रतियोगीहरुलाई पौडी, शारारिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षणहरु दिइ सकेका छौ । प्रतियोगिहरुले एसएलसी प्रिन्सेसको उपाधि जितेपछि उहाँहरुको सामाजिक उत्तर दायित्व पनि थपिनेछ । त्यसैले हामीले उहाँहरुलाई माइती नेपाल, नार्कोनन नेपाल जस्ता विभिन्न सामाजिक संस्थाहरुको भ्रमण गराएर यस्ता विषयमा जानकारी प्रदान गरी सकेका छौ ।

एसएलसी प्रिन्सेज २०१३ प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित ल्यापटप, र हाम्रो यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउनुका साथै अन्य गिफ्टहयाम्परहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः आइप्याड ट्याव र मोवाइल प्सटुमा २ वर्षको फुल स्कलरसीपमा पढ्नपाउने र अन्य गिफ्टहयाम्परहरु प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । साथै सहभागी सम्पूर्ण एस एल सि उर्तिण प्रतियोगीहरुलाई विभिन्न कलेजहरुमा छात्रावृदिको व्यवस्था साथै विषेश छुटको व्यवस्था गरीने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य