पोलिथिन झोला प्रतिबन्धित

१ असार २०७०, शनिबार १५:४३ मा प्रकाशित

रासस, काठमाडौ, १ असार । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र असार १ देखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
पोलिथिन झोलाले वातावरण प्रदूषण तथा ढल जाम गर्ने भएकाले त्यसको उत्पादनलाई निरुत्साहित गर्न महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले व्यवसायी तथा उद्योगीले ३५ माइक्रोनभन्दा बढीका पोलिथिन झोला उत्पादनमा चासो नदेखाएको र त्यसभन्दा मुनिका पोलिथिन प्रयोगका लागि उपयुक्त नरहेकाले प्रतिबन्ध लगाइएको जानकारी दिए । असार १ गतेदेखि १४ गतेसम्म महानगरभित्रका ३५ वडाका प्रत्येक टोलटोलमा यस अभियानबारे प्रचारप्रसार गरिने छ । पोलिथिन झोला बेच्नेलाई रु एक हजार र किन्नेलाई ५०० जरिवाना गरिने भएको हो ।
स्वास्थ्यकर्मीले पोलिथिनका झोलामा आर्सेनिक रसायन प्रयोग हुने र त्यसले क्यान्सर, छालालगायतका रोग निम्त्याउने भएकाले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण