गायक बराल हनुमानढोकामा !

१ असार २०७०, शनिबार १२:२० मा प्रकाशित

काठमाडौं, १ असार । गायक यम बराल लैनचउरस्थित भेनस क्यासिनोबाट पक्राउ परेका छन् । शुक्रबार राती भेनस क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका बराललाई काठमाडौं जिल्ला अदालतले अनुसान्धानका लागि पाँच दिन हिरासतमै राख्ने आदेश दिएको छ। बरालसँगै भेनस क्यासिनोका कर्मचारीलाई पनि प्रहरीले जुवा ऐन अनुसार कारवाही अघि बढाउने तयारी पनि गरेको बताइएको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गबाट खटिएका प्रहरीटोलीबाट पक्राउ परेका बराललाई यतिबेला हनुमानढोकामा राखिएको छ ।
आधुनिक गित गायनमा राम्रैसँग जमिरहेका गायक बरालको आर्थिक अवस्था बिग्रिएको सन्दर्भ पछिल्ला वर्षहरुमा सञ्चारमाध्यममा समाचारका विषय बनेका थिए । आर्थिक अवस्था सन्तुलनमा राख्न नसकेकै कारण उनी अमेरिका पलायन भएको प िउनीनिकटका व्यक्तिहरु बताउने गर्दथे । यसबीच अमेरिका जाने आउने गरेका बराल क्यासिनोमा लहसिएको बारे भने सार्वजनिक तवरमा खासै जानकारी थिएन । भेनस क्यासिनोबाट उनी जुवा रंगेहात पक्राउ परेको समाचार सार्वजनिक भएपछि उनका प्रशंसकहरु निरास भएका छन् ।
स्मरण रहोस्, नेपालको कानुनअनुसार नेपालीले क्यासिनोमा पसेर जुवा खेल्नु र खेलाउनु दुवै गैरकानुनी कार्य हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि