मुलुकको पहिचान बनेको क्रिकेट

१ असार २०७०, शनिबार १०:०८ मा प्रकाशित

हेमन्त काफ्ले, सिड्नी, अस्ट्रेलिया, १ असार । कक्षा कोठामा हाजिर जवाफ चल्दै थियो, प्रश्न थियो, अर्जेन्टिनीको राष्ट्रपतीको नाम रु उत्तर आयो, थाहा छैन । फेरी अर्को प्रश्न सोधियो, कुनै एक अर्जेन्टिीनी खेलाडीको नाम रु जवाफ एकैचोटी धेरै कुनावाट आयो म्यारडोना,मेस्सी,टेभेज आदी आदि ।

माथिका प्रश्न उत्तर भित्रको रहस्य खोतल्ने प्रयास गर्ने हो भने, खेलकुद र खेलाडी मुलुकको प्रतिष्ठा र पहिचानको बिषय बनिसकेको एउटै जवाफ आउन सक्छ। तर राजनितीक अझै पनि एक्काइसौ शताप्दीको फेरिहस्त बन्न नसकेको अपुष्ठ खबर यसले प्रतिबिम्ब गर्छ । खेलाडी हरेक देशका सदभावना राजदुत बनिसकेको अवस्था हो अहिले । तर हाम्रो परिप्रेक्षमा भने खेलकुद अझै पनि राजनितीक छद्मभेषीहरुको प्रयोगशाला भन्दा माथि उठ्न सकेको छैन । पन्चायती शासनकालमा मण्डलेको अखाड बनेको खेलकुद प्रजातन्त्र र गणतन्त्रपछि पनि राजनितीक भर्तिकेन्द्र बन्नु दुखदायी बिषय बनेको छ । यस्तो परिस्थीतीमा पनि घरकै दालभात खाएर खेलाडीले भने देशको शान र मान उचो पार्दै आएका छन ।

कुनै जमाना थियो, मार्शल आर्ट र बक्सिङ हाम्रोे पहिचान थियो दक्षिण एशिया भित्र । तेक्वान्दो र कराँते,उसुले दक्षिण एशियामा नाक राखेको जमाना खस्कदै गर्दा क्रिकेटले यतिखेर मुलुकको शिर ठाडो पारिदिएको छ । हुन त बिश्व क्रिकेटका शक्तीशाली टोली भारत ,पाकिस्तान र श्रीलंका अनि बंगलादेश जस्ता राष्ट्र बिच गणना गर्न कठिन हुने भएतापनि बिश्व वरियताक्रममा प्रमुख २० भित्र अटाउनु हाम्रो जस्तो देशका लागि निकै ठुलो सफलता मान्नु पर्छ।

खेलकुदले दक्षिण एशियाको नेटो काट्न नसकेको परिस्थीतीमा युवा बिश्वकप खेल्ने एउटै मात्र खेल पनि हो क्रिकेट। सन २००० वाट युवा बिश्वकप यात्रा सुरु गरेको नेपाली क्रिकेटले सोचे अनुरुपको प्रगति गर्न नसकेपनि आफ्नो छैठौ सहभागितासम्म आइपुग्दा लज्जाजनक परिस्थीतीको भने शिकार बन्नु परेको छैन। उसले सन २०१२ मा अस्ट्रेलियामा पछिल्लो युवा बिश्वकपमा सहभागिता जनाएको थियो।

मुलुक सुहाउदो अनेक खेलको चित्रण गरेपनि बेलायती खेलका रुपमा परिचित क्रिकेट नेपालीको शान र आनका लागि फापीलो भएको महसुस गरिदैछ । यतिखेर क्रिकेट मुलुकको मुहार चिनाउने नया माध्यम बन्दैछ । सगरमाथा र बौद्धको देशका रुपमा चिनिएको मुलुक राजनितीक खिचातानी र लामो द्धन्द्धपछि जर्जर बन्दै गएको बेला देश चिनाउने नया माध्यम बनेको हो क्रीकेट ।

वेष्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लाराले नेपाल क्रिकेटकै माध्यमवाट चिने। आइसीसीको डिभिजन दुइ पुगेपछि लाराले नेपाल र नेपाली क्रिकेटको बारे सोधपुछ गरे। सायद क्यारेबियन द्धिपका बासिन्दा लारालाई नेपाल भन्ने देश छ भनेर समेत थाहा थिएन होला। दक्षिणमा ठुलो भारत र उत्तरमा बिशाल चिनबिच स्यान्डबिचजझैँ उभिएको नेपालका सन्दर्भमा केहिलेकाहि छिमेकीले समते जसले गर्दा ओझेल परेको छ मुलुक । सगरमाथालाई जसमुलोङमा र बौद्धलाई भारतिय भनेर दुस्प्रचार गर्दा कहिलकाही हाम्रो पहिचानले बाटो बिराएको भान हुन्छ हामीलाई। मुलुकका राजनितीक दल र तिनका ठेकदार समेत राष्ट्रियताको सवालमा मौन रहँंदा साच्चीकै पीडा हुन्छ नेपालीको छातीमा ।

यस्तै यस्तै पीडा र हासो बिच पनि कहिलेकाही खेलकुदले मुलुकलाइ चिनाएको छ,बिदेशमा । खेलाडी सदभावना राजदुत बनेका छन । यस पटक क्रिकेटरले यसरीनै देशको प्रतिष्ठा अभिबृद्धी गरे बमुर्डामा। बिश्व क्रिकेट महासंघको डिभिजन तिन प्रतिस्पर्धामा अमेरिकालाई पछि पार्दै नेपालले डिभिजन दुइमा आफुलाई बढुवा गरयो। जुन नेपाली क्रिकेटको इतिहासमा एउटा एतिहासिक सफलता पनि हो। एक दिवसिय क्रिकेटको मान्यता र बिश्वकप यात्रालाई सँंगसँंगै अगाडि बढाएको नेपालले यस पटक डिभिजन तिनमा खराब सुरुआतवाट गुज्रनु परयो। तर खराब सुरुआतलाई बिर्सदै अन्तमा नेपालले डिभिजन तिनको खुटकिलो पार गर्दै डिभिजन दुइमा आफुलाई उभ्याउन सफल भयो।

प्रतियोगिताका प्रारम्भका दुइ खेलमै अमेरिका र युगाण्डासँग पराजित भएपछि बिश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितिय हिसावमा मात्र बाकी थियो। तर क्रिकेटमा जे पनि संभव हुन्छ भन्ने भनाइलाई पृष्टि गर्दै चमत्कारीक खेलले अमेरिकालाई पछि पार्दै नेपाल अगाडि बढ्यो। समुह चरणको खेलमा इटालिलाई ठुलो अन्तरले हराउनु पर्ने र अमेरिकालाई बमुर्डाले हराउनु पर्ने गणितिय खेल अन्तत सफल भएपछि नेपाल डिभिजन दुइमा उक्लिन सफल भयो। त्यती मात्र होइन फाइनलमा नेपालले युगाण्डालाई परास्त गर्दै आफु कमजोर नभएको प्रमाण पनि पेश गरेपछि आइसीसी डिभिजन तिन क्रिकेटमा एक पटक नेपाली टोलीले वाह वाहको स्याब्बासी पायो।

अझै बाटो निकै लामो छ,अहिले नै खुसीले गदगद हुने बेला भएको छैन, न्युजिल्यान्डमा हुने छनोट खेलका लागि हाम्रो तयारी राम्रो हुनु पर्छ,क्रिकेटका प्रमुख प्रशिक्षक जगट टमाटाले बताए। टमाटाले नेपाली खेलाडीमा खेल्न सक्ने क्षमता भएपनि एक्सपोजर नहुँदा धेरै पटक धोका पाएको बताए। हाम्रा खेलाडीले अस्ट्रेलिया र न्युजिल्यान्डका मैदान सुहाउदो फास्ट पीचमा अभ्यास गराउनु जरुरी छ,किनभने अबको यात्रा भनेजस्तो सजिलो छैन,टमाटाले सुनाए। तेज बलिङ र फास्ट पीच अझै पनि हाम्रो समस्याका दुइ पाटा हुन,यसलाई जसरी भएपनि संघले हल गर्नुपर्छ। समयमै नेपाली टोलीलाई अभ्यासमा राख्न सकियो भने बिश्वकपको यात्रा सम्भव होला,टमाटाको टिपर्णी थियो।

कहिले खेलले जितिन्छ कहिले भाग्यले। तर यस पटक खेल भन्दा भाग्य बलियो भएको टिपर्णी गर्छन,नेपाली टोलीका श्रीलंकन प्रशिक्षक पुबुदु दासानायके । हामीले बमुर्डाको मैदान र पीचको ख्यालनै नगरी प्रतियोगिता आरम्भ गरयौ। अभ्यास खेल पानीले बिथोलेपछि सिधै मैदान पस्नु हाम्रो लागि घातक सिद्ध भयो। युगाण्डा र अमेरिकासंगको लगातार हारले हामीलाई बिछीप्त बनाइसकेको थियो।

तर यस पटक बास्तबमै हामीलाई भाग्यले साथ दियो। बर्मुडाले अमेरिकालाई परास्त गर्नु कल्पना भन्दा बाहिरको कुरा थियो। तर आफ्नै खेल पनि बिग्रेको बेला इटालीलाई ठुलो मार्जिनले जित्नु आफैमा कम चुनौती थिएन। तर पुर्पुरो बलियो भएपछि कसैको केहि लाग्दैन रहेछ, जस्तो सोचेको त्यस्तै भयो। हामीले चाहे जस्तो भएपनि डिभिजन दुइमा अझै बढि चुनौती छन, दासानायकेले भने। भाग्य र चिठ्ठा एक पटक पर्छन सधै पर्दैनन, त्यसैले हामीले अब फेरी राम्रो क्रिकेट खेल्नु पर्छ त्यसका लागि एक्सपोजर आवश्यक हुन्छ, उनले बताए। डिभिजन दुइका लागि चाडै नै तयारी थाल्ने बताउदै पुबुदुले भने,अलि बलियो टिमसँंग अभ्यास गर्ने बाताबरण बन्यो भने खेलाडीहरुको मनोबल उच्च हुने थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको