आफ्नै छात्रालाई कान्छी बनाउन खोजेपछि…

३१ जेष्ठ २०७०, शुक्रबार २२:१७ मा प्रकाशित

रासस, खोटाङ, ३१ जेठ । आफैँले पढाएको छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा खोटाङमा एक प्राध्यापकलाई शिक्षण पेसाबाट हटाइएको छ। आफैँले पढाएको छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा व्यवस्थापन समितिले सिम्पानीस्थित सिम्पानी क्याम्पसका प्राध्यापक ईश्वर लम्साललाई शिक्षण पेसाबाट हटाएको हो। बतासे–२ इजाराका ३८ वर्षीय लम्सालले सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत छात्रासँग दोस्रो विवाह गर्न लागेको आरोपमा पेसाबाटै हटाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
क्याम्पसमा कार्यरत अन्य प्राध्यापक र विद्यार्थीको दबाबपछि कारबाहीस्वरुप प्राध्यापक लम्साललाई पदबाट हटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर थापाले बताउनुभयो। लम्सालकी जेठी श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ