उच्चस्तरीय राजनीतिक संयोजकको जिम्मेवारी गच्छदारको काँधमा

३१ जेष्ठ २०७०, शुक्रबार २२:११ मा प्रकाशित

काठमाडौ, ३१ जेठ । चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको संयोजकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चयन भएका छन् । उच्चस्तरीय समितिको शुक्रबार राजधानीमा बसेको बैठकले एमाले अध्यक्ष झलनाथ खनालले सम्हाल्दै आएको संयोजकको जिम्मेवारी गच्छदारलाई दिने निर्णय गरेको हो । चक्रिय प्रणाली अनुसार समितिको नेतृत्व गर्ने यसअघिको सहमति अनुसार उनलाई संयोजक तोकिएको हो भने असार १ गतेदेखि गच्छदारले संयोजकको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि चैत महिनाभर एमाओवादी अध्यक्ष प्रचण्ड, बैशाखभर नेपाली कांग्रेसका सभापति सुशील कोइराला र जेठ महिनामा एमाले अध्यक्ष झलनाथ खनालले समितिको संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
शुक्रबारको बैठकले ४ मंसीरका लागि घोषित संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न असन्तुष्ट पक्षहरुसँग वार्ता गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच एनेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा संविधानसभा परिचालन समिति गठन गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले दाहालको नेतृत्वमा केन्द्रीय पदाधिकारी, पूर्वस्थायी, जनवर्गीय संगठनका संयोजक रहेको समिति गठन गरेको हो । सरकारले निर्वाचन मिति घोषणा गरेको भोलिपल्टै एमाओवादीले परिचालन समिति बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार