कतारमा ८ नेपाली महिला कामदार दुतावासको शरणमा

३१ जेष्ठ २०७०, शुक्रबार २०:५४ मा प्रकाशित

तिलविक्रम थेवे, दोहा, कतार ।  नेपालको एक मेनपावरले क्लिनिकको काममा भनेर पठाएका ८ नेपाली महिला कामदारहरुलाई अन्तै काममा लगाएपछि उनीहरु तनावपुर्ण स्थितिमा नेपाली दुतावासको शरणमा आएका छन्।

नेपाली दुतावासले सो मेनपावरबाट कतारमा रहेका एजेन्टमार्फत ती पिडित महिला कामदारहरु मध्येका केहीको क्षतिपुर्ति यही कतारमै दिलाएर पिडित महिला कामदारहरुको पक्षमा साहसपुर्ण न्याय गरेर दुतावासले उदाहरणीय काम गरेको छ। यसरी दुतावासले पिडित नेपालीहरुको क्षतिपुर्ति मेनपावरबाट कतारमै दिलाएको यो पहिलो पटक हो।

ती पिडीत महिला कामदारहरु लजिष्टीक क्लिन्नेस एण्ड हस्पिटालिटीमा क्लिनिकमा काम गर्न भनेर पठाइएकोमा यहाँ आइसकेपछि उनीहरुलाई घरको काम गर्न पठाइएको थियो। १२ घण्टा भन्दा बढी काम गर्नुपर्ने र खान पिउन समेत नपाउने अवस्था र आफ्नो ज्यानको समेत जोखिम हुने अवस्था आएपछि उनीहरु दुतावासको आएका हुन्। हाल दुतावासको शरणमा रहेका पिडीत नेपाली महिला कामदारहरु सुनसरी धरानका कृष्णमाया राई, ममता रार्ई र शर्मिला राई, बुटवलका अल्सना बानु, सर्लाहीका शर्मिला व्लोन, गोमाकुमारी मगर र बुद्धिमाया ग्लान, झापाका रुपा दनुवार रहेका छन्।

नेपाली दुतावासले आठ जना मध्ये चारजना कृष्णमाया राई, ममता रार्ई र शर्मिला राईको संयुक्त ९३ हजार र अल्सना बानुको ३४ हजार रुपैया मेनपावरबाट कतारमै पहिलो चोटी क्षतिपुर्ति दिलाएको राजदुत डा. माया कुमारी शर्माले जानकारी दिदै बाँकी चारजना पिडीतहरुलाई नेपाल गएपछि दिने प्रतिवद्धता मेनपावरले जाहेर गरिसकेको र यसका लागि लिखित पत्रसमेत बनाएको बताए। यदी पिडीतहरु मध्ये बाँकीले क्षतिपुर्ति नपाएमा मेनपावरलाई कानुन बमोजिम कारवाही गर्न दुतावासले सम्बन्धित निकायलाई सिफारिस गर्ने पनि राजदुत डा. शर्माले बताए।

नेपाली महिला कामदारहरु नेपालबाट गत मई २३, २०१३ मा नेपालबाट आएका थिए भने दुतावासमा जुन १०, २०१३ मा आएका थिए।

राजदुत डा. शर्माका अनुसार पिडीतहरुलाई हवाईटिकट र १२ दिनको तलव समेत दिलाइनेछ र यही हप्ताभित्र पिडीतहरु सकुशल नेपाल फर्कने छन्। कम्पनीले १५ जना कामदारहरुलाई ५ कप मात्र चामल दिने जस्तो अत्यन्त क्रुर र अमानविय व्यवहार समेत गर्दै आएको पिडीतहरुले बताउदै मेनपावरले भनेजस्तो काम नभई आफुहरुलाई १२ घण्टाभन्दा बढी घरको कामगर्न पठाइएको र आफुहरुका लागि सो काम असुरक्षित हुने र सम्झौता बमोजिमको काम समेत नभएकोले दुतावासको शरणमा आएको बताए।
पिडीतहरुलाई उद्धार गर्नेक्रममा नेपाली महिला समाजका अध्यक्ष रेखा राईले पनि सक्रिय भुमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत