आप्रवासन समस्या र मानव बेचविखनबारे गोरखपुरमा चिन्ता

३१ जेष्ठ २०७०, शुक्रबार ११:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ जेठ । मानव तस्करहरुले नयाँ ढंगबाट मानव ओसारपसार गर्न थालेकाले दुई देशबिच साझा नीति बनाएर काम गर्नुपर्ने गोरखपुरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । असुरक्षित आप्रवासनका समस्या र चुनौतीका बिषयमा नेपाल र भारतका सरकारी अधिकारी, गैरसरकारी संस्था र सञ्चारकर्मीहरुबिच गोरखपुरमा जारी दुई दिने कार्यशालाका सहभागीहरुले खुल्ला सिमाना भएका कारण जुनसुकै माध्यमबाट मानिस ओहोरदोहर गर्ने भएकाले दुई देशका अधिकारीहरुको समन्वयविना समस्या समाधान गर्न नसनिनेमा सहभागीहरुले जोड दिए । पहिले रेलको माध्यमबाट आवतजावत गर्नेहरु विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्थाका प्रतिनीधीहरुले चेक जाँच गर्न थालेपछि उनिहरुले रुट परिवर्तन गरेको सहभागीहरुले बताए । 
माइती नेपालको आयोजनामा भएको कार्यशालामा सहरकारी अधिकारी एवं संस्थाहरुले आधुनिक युगमा देखिएको मानवताविरुद्ध हुने कार्य नियन्त्रण गर्न ऐक्यवद्धता जनाए । नेपालीहरुले भारतमा यात्रा गर्ने बाटो परिवर्तन गरेको बताउँदै गलत नियतले भारतमा आउनेहरुले पछिल्लो समयमा ट्रेनभन्दा पनि निजी गाडीको प्रयोगलाई प्राथमीकता दिने गरेको भारतमा कार्यरत संघ संस्थाहरुले उल्लेख गरे । नेपालको तर्फबाट रुपन्देही, पर्सा, चितवन र काठमाडौंबाट सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि र भारततर्फबाट गोरखपुरका एसडिएम लगायत बिहार र उत्तर प्रदेशका गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले गोष्ठीमा सहभागिता जनाएका थिए ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै गोरखपुरका एसडिएम कुनाल सिल्कुले भारत सरकारद्धारा सुरक्षित आप्रवाशन एवम मानव तस्करी नियन्त्रणका लागी बिशेष योजना रहेको बताए भने नेपाललका तर्फबाट रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सरकारी नीति, तथा कानूनको बारेमा जानकारी दिँदै मानव तस्करी नियन्त्रण र सुरक्षित आप्रवाशनका सवालमा भारत र नेपालका सरकार साथै गैरसरकारी संस्थाका बिच आपसी सहकार्य र सूचना आदान प्रदान हुन जरुरी रहेको सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक