बुटवलमा पुस्तक प्रदर्शनी हुने

३१ जेष्ठ २०७०, शुक्रबार ११:२६ मा प्रकाशित

रुपन्देही, ३१ जेठ । रुपन्देही विद्यार्थी सञ्जालको आयोजनामा असार १ देखि ४ गतेसम्म वृहत शैक्षिक तथा पुस्तक प्रदर्शनी हुने भएको छ । शैक्षिक तथा पठन संस्कृतिको विकासमा टेवा पु¥याउने उदेश्यले बुटवलको कान्ती सभागृहमा आयोजना हुने प्रर्दशनीको चर्चित हास्यकलाकार तथा लेखक हरिवंश आचार्य र डा.रवीन्द्र समिरले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
असार २ गते मदन पुरस्कार विजेता ‘सेतो धर्ती’का लेखक अमर न्यौपाने र समर लभका लेखक सुविन भट्टराईसँग साक्षात्कार कार्यक्रम राखिएको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो । त्यस्तै असार ३ गते २४ रिलका लेखक भुपीन र अन्य लेखकसँग साक्षात्कार कार्यक्रम राखिएको पनि जनाइएको छ । प्रदर्शनीमा शैक्षिक संस्था र पुस्तक प्रकाशक तथा विक्रेता गरि २५ देखि करिव ३० स्टल रहने सञ्जालका अध्यक्ष अर्जुन खनालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न