मौजुदा हालतमा चुनाव हुनेमा एमाले महासचिवको आशंका

३१ जेष्ठ २०७०, शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं, ३१ जेठ । सरकारले चुनावको मिति घोषणा गरेकै दिन एमाले महासचिव इश्वर पोखरेलले मिति घोषणा गर्दैमा चुनाव हुने ग्यारेन्टी नभएको अभिव्यक्ति दिएका छन् । रामेछाप एमाले जिल्ला कमिटीले मन्थलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला उद्घाटन गर्दै महासचिव पोखरेलले मोहन वैद्य र उपेन्द्र यादवहरूले चुनावमा सहमति नजनाएसम्म निर्वाचन नहुने दाबी गरे । वर्तमान सरकारको कतिपय व्यवहार चित्तबुझ्दो नभएको औंल्याउँदै नेता पोखरेलले सरकारको यस्तो क्रियाकलापले वैद्य र यादवहरुलाई निर्वाचनको बिरोध गर्न बहाना मिलेको उल्लेख गरे । असन्तुष्ट दलहरुलाई बाहिर राखेर निर्वाचन गराउन सम्भव नरहेको र निर्वाचन भए पनि द्वन्द्धको बाटो खुला रहनेतर्फ उनले शंकेत गरे । 
असन्तुष्ट पक्षलाई वार्तामा बोलाएर उनीहरूको समेत सहमतिमा संविधानसभा निर्वाचन गराउनुपर्ने सुझाव दिँदै पोखरेलले यत्तिकै निर्वाचनको कानून बनाउनेतर्फ पाइला चाल्नु प्रत्युत्पादक हुनसक्ने खतरा औंल्याए ।
एमाले महासचिवले एमाओवादीले गएको संविधानसभा निर्वाचनमा कब्जा गरेर विजय हासिल गरेदेखि अहिलेसम्मका गलत क्रियाकलापहरुको भने जमेर विरोध गरे । एमाओवादीको गलत व्यवहारकै कारण देशभर एमालेप्रति आकर्षण बढ्दै गएको दाबी उनले गरे। एमाले छोडेर एमाओवादी प्रवेश गरेका व्यक्तिहरुका कारण आफ्नो पार्टीलाई घाटाभन्दा फाइदा नै भएको अनौठो अभिव्यक्ति पनि पोखरेलले दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४