
शक्तिखोर, चितवन, २५ चैत्र । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा सेना समायोजन विशेष समिति सचिवालय टोलीले समायोजन, स्वैच्छिक अवकाश र पुनःस्थापनाका लागि पुनः लडाकु छनोट कार्य शनिबारदेखि सुरु गरेको छ ।
चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा सेना समायोजन विशेष समिति सचिवालय टोलीले लडाकुका कमाण्डरसँग छनोट कार्यका विषयमा शनिबार छलफल गरेको छ । छनोट कार्यका लागि संयोजक बालानन्द शर्मासहित १३ जनाको कर्मचारी टोली शुक्रबार शक्तिखोरस्थित तेस्रो डिभिजन आइपुगेको थियो । सचिवालयले विकल्प रोज्ने विषयमा लडाकुसँग राय बुझ्न कमाण्डरलाई आग्रह गरेको छ ।
संयोजक बालानन्द शर्माले संचारकर्मिहरुसंग भने,पहिलो छनौटको जिम्मा डिभिजनलाई दिएका छौं त्यसपछि सचिवालयले लडाकुको वर्गीकरण निर्धारण गर्नेछ ।’ सेनामा समायोजन हुन चाहने बाहेकलाई रकम दिने वा पुनःस्थापना प्याकेज रोज्न पाउनेमा लडाकु स्वयंले छान्न पाउने संयोजक बालानन्द शर्माले बताए । टोलीले शनिबार कमाण्डरसँग छनोट कार्य विधिका बारेमा अवगत गराएको र सचिवालयले कार्यालय राखेर आइतबारदेखि काम थाल्ने संयोजक शर्माले जानकारी दिए ।
यसअघि मंसिर पहिलो सातामा पुनर्वर्गीकरण गरेर तेस्रो डिभिजनमा मात्रै २ हजार २ सय १४ जना लडाकुले समायोजन रोजेका थिए । दलहरूबीच भएको सात बुँदे सहमतिअनुसार देशभरका ७ वटा शिविरबाट ६ हजार ५ सय मात्र लडाकुले समायोजन जान पाउने भएकोले पुनः छनोट कार्य सुरु भएको हो । त्यतिबेला सातै शिविरबाट ९ हजार ७ सय ५ जनाले समायोजन रोजेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको
काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर
काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत
काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा