रेग्मी सरकारले चुनावको मिति तोक्यो, आगामी मंसिर ४ गते संविधानसभाको लागि दोस्रो निर्वाचन

३० जेष्ठ २०७०, बिहीबार २०:५१ मा प्रकाशित

काठमाडौं, ३१ जेठ ।  फगत निर्वाचन गराउनका लागि गठित सरकारले निर्वाचनको मितिसम्म पनि तोक्न नसकेको भनी चौतर्फी आलोचना झेलिरहेको रेग्मी सरकारले आगामी मंसिर ४ गतेका लागि दोस्रो संविधानसभाको तिथि घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले गरेको निर्णयअनुसार मिति घोषणा गरिएको हो । सरकारले चुनावी मिति तोक्ने तयारी गरेलगत्तै नेकपा माओवादीलगायतका साना दलहरुले उक्त प्रक्रिया बीचैमा तुहाउन विभिन्न चेतावनी दिए पनि रेग्मी सरकारले मिति तोकक्ने साहस दर्शाएको छ भने यस निर्णयको स्वागत गरिएको छ । 
मिति घोषणासँगसँगै सरकारले संविधानसभा सदस्य निर्वाचन अध्यादेशको मस्यौदा स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाएको छ । यस्तै, सरकारले पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुननिर्धारण आयोग गठन गरेको छ । सो आयोगमा भूगोलविद् नेत्रप्रसाद धिताल, समाजशास्त्री डम्बर चेम्जोङ, प्रशासनविद् मधुनीधि तिवारी सदस्य छन् । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल सदस्य सचिव तोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको