छैठौं एनआरएन युरोपेली क्षेत्रिय बैठक हुँदै

३० जेष्ठ २०७०, बिहीबार २०:२८ मा प्रकाशित

शालिकराम गौतम, स्वीजरल्याण्ड । आगामी २२ देखि २३ जुन मा स्वीजरल्याण्डको जुरिकमा हुन गैरहेको छैठौं एनआरएन युरोपेली क्षेत्रिय बैठकमा लागि स्वीजरल्याण्डका लागि नेपाली राजदुत राजदुत शंकर दास वैरागी र स्वीजरल्याण्डका पुर्व फेडेरल चान्सलर आनामारी हुवर–होच्च प्रमुख अतिथीको रुपमा उपस्थित हुने भएका छन् ।

भौगोलिक बनोट र हावापानी मिल्ने एसियाली मुलुक नेपाल र संपन्न युरोपेली मुलक स्वीजरल्याण्डको दौत्य संबन्ध स्थापना भएको पचास वर्ष पुगिसकेको छ । पुर्व फेडेरल चान्सलर हुवर–होच्च को उपस्थितीलाई कार्यक्रममा महत्वका साथ हेरिएको छ ।

जुन २२ मा विहान ९ बजे सुरु हुने युरोपेली बैठक र चौथो क्षेत्रिय महिला सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथीको रुपमा उनी उपस्थित हुने छन् । त्यस्तै नेपालकी मित्र स्वीजरल्याडका पुर्व साँसद डा.वारवारा हेरिङ्गको महिला सम्मेलनमा विषेश अतिथिको रुपमा उपस्थिती रहेने छ ।

पुर्व फेडेरल चान्सलर हुवर–होच्च तथा पुर्व साँसद डा. हेरिङ्गको उपस्थितीले नेपाल प्रवद्र्धन तथा स्वीजरल्याण्डमा नेपाली पहिचानलाई स्थापित गराउने विश्वास एनआरएन स्वीजरल्याण्डका अध्यक्ष विनय श्रेष्ठले व्यक्त गरेका छन् ।

छैठौं एनआरएन युरोपेली क्षेत्रिय बैठकको क्रममा आयोजना हुने विभिन्न समुहगत छलफलहरुमा नेपाली राजदुत शंकर दास वैरागी विषेश वक्ताका रुपमा आमन्त्रित छन् ।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, वर्तमान अध्यक्ष जिवा लामिछाने, संरक्षक राम प्रताप थापा, एनआरएन महिला सहसंयोजक राधा बस्नेत लगायत धेरै मुलकहरुबाट राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरु, क्षेत्रिय संयोजकहरु उपस्थित हुने निश्चित भै सकेको छ ।

कार्यक्रममा स्वीजरल्याण्ड बाहेक अन्य मुलुकहरुबाट करिव १५० भन्दा एनआरएनहरुको सहभागीता रहने एन आर एन युरोपका क्षेत्रिय संयोजक कुमार पन्तले बताएका छन् ।

‘यूरोपमा नेपाली एकता, प्रगति र पहिचान सामूहिक लागानीमा नयाँ अभियान’ भन्ने नाराका साथ छैठौं एनआरएन युरोपेली क्षेत्रिय बैठक तथा चौंथौ क्षेत्रिय महिला सम्मेलन आगामी जुन २२– २३, २०१३ मा जुरिक स्वीजरल्याण्डमा आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत