यात्रुको झेलामा रक्तचन्दन फेलापरेपछि सेना सक्रिय

३० जेष्ठ २०७०, बिहीबार १९:५७ मा प्रकाशित

काठमाडौं, ३१ जेठ । धुन्चेबाट काठमाडौंका लागि प्रस्थान गर्न लागेको यात्रुवाहक बसमा एक यात्रुको झोलामा रक्तचन्दन फेला परेपछि धुन्चेस्थित नेपाली सेनाको अह्रिदमन गणले निकुञ्ज क्षेत्रमा रक्तचन्दन लुकाएको हुनसक्ने आशंकामा खोजी अभियान सुरु गरेको छ । धुन्चेबाट बिहिबार बिहान काठमाडौका लागि छुट्न लागेको बा ३ ख ५७०६ नम्बरको बसमा सवार एक यात्रुको झोलामा शंकास्पद वस्तु लुकाइराखेको सूचनाका आधारमा सर्च गरिएको बताइउको छ । यात्रुको झोलामा रक्तचन्दन फेला पारिएपछि स्थानीय प्रहरीका साथै नेपाली सेनाले रक्तचन्दनको खोजीमा पहलकदमी लिएको हो । रक्तचन्दन ल्याई कतै भण्डारण गरिएको र पटकपटक गरेर काठमाडौं हुँदै तातोपानी नाका कटाउने प्रयास भइरहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त आशङ्का बढेकाले शङ्कास्पद ठाउँमा खोजी थालिएको अह्रिदमन गणले जनाएको छ ।
बसभित्रबाट बरामद गरिएको दुई केजी रक्तचन्दन र सो कार्यमा संलग्न रसुवा यार्सा गाविस वडा नं १ बस्ने अन्दाजी ४३ वर्षका सोनाम साङवो थोकामाथि कानुनी कार्वाही अगाडि बढाउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवासमक्ष बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर