कवि तथा गीतकार गीता खत्रीको एकल कविता बाचन सम्पन्न

२५ चैत्र २०६८, शनिबार २०:०६ मा प्रकाशित

न्यृ्योर्क, अमेरिका, २५ चैत्र । अप्रिल महिनाको सिर्जना यात्रामा कवि तथा गीतकार गीता खत्रीको एकल कविता बाचन न्यृ्योर्कको कुइन्सस्थित हिमालय धर्म केन्द्रमा सम्पन्न भयो । कवि गीता खत्रीले आफ्ना रचनाहरुलाई तीन वर्गमा विभाजन गरि उपस्थित साहित्यकार र साहित्यप्रेमीहरुलाई सुनाउनु भएको थियो । पहिलो बर्गमा ईश्वरभक्ति तथा राष्ट्रप्रेमका गीत र कविताहरु, दोस्रो बर्गमा राजनैतिक र सामाजिक गीत र कविताहरु र तेस्रो वर्गमा माया प्रिती र प्रेमजन्य गीतहरु बाचन गर्नु भयो । कवि गीता खत्रीले करिब एकघण्टामा २७ वटा आफ्ना  सिर्जनाहरु सुनाउनु भएको थियो । त्यसपछि अन्य दशजना कविहरुले आ-आफ्ना  कविताहरु बाचन गर्नु भएको थियो । कवि गीता खत्रीले अप्रिल महिनामा जन्मनु भएका उपस्थित साहित्यकारहरुलाई छक्क पार्दै जन्मदिनको शुभकामना दिर्दै सबैलाई पृ्लका गुच्छा उपहार समेत दिनु भयो । कवि गीता खत्रीव्दारा बाचित गीत तथा कविताहरुको समिक्षा श्री युयुत्सु आरडि शर्मा गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी