मिति घोषणाको तयारीमा फेरि तगारो

३० जेष्ठ २०७०, बिहीबार १९:०६ मा प्रकाशित

काठमाडौ, ३० जेठ । चार दलको सिण्डिकेट छिचोल्दै सरकारले स्वतन्त्र ढंगले निर्वाचनको तिथिमिति घोषणाको तयारी के गर्न लोको थियो, आफूहरुसँग छलफलै नगरी चुनावको मिति घोषणा गर्न लागेको भन्दै नेकपा(माओवादी नेतृत्वका तीन दर्जनभन्दा बढी साना दलहरु चुनाव घोषणा गर्न नमिल्ने तर्क गर्दै अगाडि आएका छन् । चुनावविरोधी यस मोर्चामा नेकपा(माओवादी नेतृत्वको ३३ दललगायत संघीय समाजवादी पार्टी र मधेसी जनाधिकार फोरम नेतृत्वको ८ पार्टीसम्मिलित संघीय लोकतान्त्रिक मोर्चासमेत मिसिएर चुनावको मिति घोषणा गरिए आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारको तयारी फेरि खल्बलिने सम्भावना बढेको छ।
राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सम्वद्ध नेताहरुले सरकारले चुनावको मिति घोषणा गरे आफूहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै आन्दोलनरत पक्षसँग छलफल गरी माग सम्बोधन गरेर मात्रै चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

काठमाडौं ।स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक