ट्रकको नंबर बदलेर चरेस तस्करी

३० जेष्ठ २०७०, बिहीबार १८:४० मा प्रकाशित

काठमाडौं, ३० जेठ । लागू औषध नियन्त्रण व्यूरो नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला मनहरी–७ घर बताउने २५ बर्षीय ट्रक चालक रामकुमार थापा र सोही ठाँउ घर बताउने ३६ बर्षीय राजकुमार गिरीलाई लागू औषध चरेश १ सय ५८ किलोसहित पक्राउ गरेको छ । उनीहरुले ना.३ ख ८३३६ नम्वरको ट्रकलाई लागू औषध चरेश ओसारपसार गर्ने उदेश्यले ट्रकको वास्तविक नम्वर प्लेट लुकाई नक्कली नम्वरको ना.२ ख ८०२९ नम्वरको प्लेट बनाई कार्टुन टेपले बेरिएको ७५ वटा डल्ला चरेसलाई सो ट्रकभित्र लुकाईछिपाई काठमाडौँतर्फ ल्याउदै गरेको अवस्थामा काठमाडौँ वाडभन्ज्याङ–५ स्थित भ्mयाप्ले खोलाबाट प्रहरीले उक्त चरेश र ट्रक सहित पक्राउ गरेको थियो । पक्राउ पश्चात उक्त ट्रक र मानिसहरुको खानतलासी गर्दा ट्रकको सक्कली नम्वर ना.३ ख ८३३६ नम्वरको बिल बुक १ थान र सोही नम्वरको नम्वर प्लेट समेत बरामद भएको थियो ।
यसैगरी सोही कार्यालयबाट जेठ २८ गते खटिएको प्रहरी टोलीले रौतहट जिल्ला गौर नगरपालिका–९ नेपालटोल घर बताउने ३३ बर्षीय शत्रुधन राउत कुर्मीलाई नियन्त्रीत लागू औषध बुप्रेनर्फिन ६ सय ५० थान, डाईजेपाम ६ सय ५० थान सहित काठमाडौँ महानगरपालिका–३५ टाउनप्लानिङ्ग स्थित संगम चोक सडक किनाराबाट पक्राउ गरेको छ भने जेठ २१ गते सल्यान जिल्ला कोटवारा–४ घर भई काठमाडौँ गोठाटार–८ खहरे स्थित राप्ती स्वास्थ्य सेवा केन्द्रका संचालन २६ बर्षीय लालबहादुर के.सी. लाई ७२ ट्याव्लेट प्रोक्सिभोन नामक लागू तथा मनोदिपक औषधी सहित गोठाटार–८ खहरेबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।