बनेपाका उद्योगपति बहुबिबाहको अभियोगमा जेल

३० जेष्ठ २०७०, बिहीबार १८:२१ मा प्रकाशित

काठमाडौं, ३० जेठ । नेपाली समाजमा पैसा भए नहुने काम पनि हुन्छ, अपराध नै गरे पनि पैसाले कानून बंग्याइदिन्छ र सजायबाट मूक्ति दिलाउँछ भन्ने धारणाले जरो गाडेको छ । तर, बनेपाका धनाड्य गोपालकृष्ण श्रेष्ठका हकमा यो मान्यताले काम गरेन । काभ्रे जिल्लाकै धनीमध्येका एक कहलिएका उनी बहुबिबाहको मुद्दामा दोषी ठहरिएर जेल गएका छन् । कानूनबाट बच्न उनले सबै विधि अपनाए, अन्य जोड नचलेर कान्छी पत्नीका साथ फरार पनि भए । तर, कति दिन भागेर काम चल्थ्यो र ? उनी प्रहरीको नजरमा परे र अन्ततः नयाँ बिबाह गरेर रमाइलो गरौँला भनी सोच्ने जोडी नै जेलको हावा खान पुगे ।
राधाकृष्ण बिस्कुट, पूर्णिमा सलाई, चकलेट लगायतका उद्योगहरुका संचालक बनेपा १० का गोपाल कृष्ण श्रेष्ठलाई जिल्ला अदालतले बहुबिवाह मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकेको थियो, सो अभियोगमा प्रहरीले पक्राउ गरी तोकिएको सजाय कैद भुक्तान गर्न कारागार पठाइसकेको छ । यसैगरी अदालतले बहुबिवाह मुद्दामै सजाय तोकेको श्रेष्ठकी कान्छी पत्नि अम्बिका श्रेष्ठ केसीलाई पनि तोकिएको सजाय कैद भुक्तान गर्न कारागार पठाएको छ । जिल्ला अदालतले उनलाई १ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकेको छ ।
श्रेष्ठकी जेठी पत्नि रम्भादेवि श्रेष्ठले पतिले बहुबिवाह गरेको भन्दै कारबाहीकालागि प्रहरीमा उजुरी दर्ता गराएकी थिईन् । जिल्ला अदालतले श्रेष्ठ र उनकी कान्छी पत्निलाई २०६८ वैशाख ५ गते कैद सजाय तोकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४