प्रेम ……..-जुनिता

३० जेष्ठ २०७०, बिहीबार १७:४५ मा प्रकाशित

समयको गतिसँग चल्दैछ यो धड्कन
सेकेन्ड काँटाको टिक टिक आवाजले
हर सेकेन्ड लामो स्वाश
तल माथि गर्दा मनमा नयाँ नयाँ विचार आउछन
उम्रनछन् उतिकै चालमा अर्को विचार
बिकसित छिन् छिन् का बिचारहरु
दुक्छन ,रुन्छन ,हास्छन ,बहुलौछन
सुनामी झैँ गुज्रने बिचारहरु
यात्रु मात्र हुन्
हेर्छन ,आउछन, जान्छन ,
ओहोर दोहोर गरिरहनछन्।
मन र विचार भन्दा टाडाको देसमा प्रेम छ
बिचारहरुमा हाबी भइ प्रेम नियाल्न सकिन्न
विचारहरुका दास भइ प्रेम उमार्न सकिन्न
प्रेम विचारहरुका दास होइन
विचार उमार्न सकिन्छ ,
खेति हुन्छ
प्रेम महसुस मात्र !
सिर्ष्टि संगै प्रेम छ, थियो ,रहिरहनेछ
प्रेम सकिए सिर्ष्टिसंगै अन्त्य हुनेछ
मान्छेको बिचारहरुसँग सिर्ष्टि सकिदैन
मान्छेको विचार बाट सिर्ष्टि चल्ने पनि हैन
मान्छे त फगत एउटा जीव हो
गर्छ ,खान्छ, मर्छ ,इतिहास बनाउछ मात्र मान्छेको लागि
जगतका अरु जीवहरुलाई
मान्छेको इतिहासको के अर्थ ?
मान्छेको बिकासको के अर्थ ?
हरेक सजिब-जीव आत्माहरुको आपनै योगदान छ यहाँ
बोटबिरुवाको भरमा स्वासप्रश्वास गर्छौ
स्वछ हिमालको हिउ पिग्लियेरा पानि पिउछौ
हरेक जीवको नस्ट गर्दै छाक टाछौ
उही सुन्दर प्रकृतिलाई हेरेर रमाउछौ
इतिहास त तिनीहरुका हुन
जसले हामीलाई शरण दिए ,भरण दिए ,
निदाउनलाई खुल्ला छाना र धर्ति दिए
निसर्थ प्रेम गरे
जिबन प्रदान गरे
असिमित प्रेम दिए ।
प्रेम सुर्य हो ,
ताप हो,
धर्ति हो ,
जननी हो
करुणा हो
आउने र जानेको रेखदेख प्रेम हो।

विचार धारणा हो,
सोच हो ,
हतियार हो,
विचार कर्मको बाटो हो।
जस्तो विचारबाट प्रभावित भइ कर्म गर्छौ
हामी त्यस्तै कर्म गर्छौ
उस्तै फल पाउन लाई योग्य ठहर्चौ ।
खराब वा असल दुवै कर्मका श्रोत हुन्
प्रेम वा घिर्ना दुवै कर्मका श्रोत हुन्
जुन बालि लगाऊछौ ,उस्तै फलको आस हुनु पर्छ
बालि एउटा दाना अर्को कदापी हुन सक्दैन
प्रेमको मार्ग अनौठो छ
कर्म सबको हुदाहुदै पनि
सबै कर्मको फलमा प्रेम हुदैन।
प्रेम साधना हो ।
पाउनलाई गरिएको कर्महरुमा प्रेम अधुरै टुंगिनछ
जिम्मेवारी, कर्तब्य, कानुन भन्दा प्रेम अछुत छ
पाउनु र गुमाउनु भन्दा प्रेम महान छ
माया ,मोह ,आसक्ति प्रेमका दुस्मन हुन्
प्रेम आत्मा हुन् परमात्मा इश्वर हुन्
सधै अमर रहन्छ
प्रेम एउटा हुन्छ
विचार हजार ,लाख, करोडौं ,असंख्य
बिचारहरु आउछन ,जान्छन ,हेर्छन
प्रेम सधै उस्तै न आउछ न जान्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि