पर्शुरामलाई सघाउन अघिसर्यो युवा संघ

३० जेष्ठ २०७०, बिहीबार १०:३३ मा प्रकाशित

काठमाडौं, ३० जेठ । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा २ करोड धरौटी रकम बुझाउन नसकेर जेलभित्रै रहनुपरेका परशुराम बस्नेतका लागि एमालेको भातृ संगठन युवा संघ नेपालले धरौटी रकमको जोहो गरिदिने भएको छ । बस्नेत संघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक समेत हुन् । युवासंघको बुधबार बसेको बैठकले पर्शुरामविरुद्ध राज्यले पूर्वाग्रह राखेको दाबी गर्दै संगठनले नै धरौटीका लागि अचल सम्पत्ति जुटाउने निर्णय गरेको थियो । संघका अध्यक्ष महेश बस्नेतले जारी गरेको विज्ञप्तिमा संगठनकै पहलमा बस्नेतका लागि धरौटी जम्मा गर्ने निर्णय गरिएको उल्लेख छ ।
आयोगले दायर गरेको मुद्दापत्रमा परशुरामकी पत्नी अंशु सिंह बस्नेतका नाममा देखिएको ९ करोड ५० लाख रुपैयाँ अवैध ढंगले आर्जन गरेको उल्लेख छ । पर्शुरामका नाममा बा८च ३६४८ नम्बरका टक्सन कार, को१प ४२५५ नम्बरको स्कुटर, सिद्धार्थ, एभरेस्ट, लक्ष्मीलगायत बैकमा ९ करोड ५० लाखको कारोबार, ७१ लाख ४६ हजारको घरजग्गा खरिद तथा ६५ लाखको सवारीसाधन खरिद गरेको देखिएको पनि मुद्दापत्रमा उल्लेख छ।
आफूले आर्जेको सबै सम्पत्ति शुद्धीकरण ऐनअनुसार रोक्कामा परेपछि पर्शुरामले धरौटी रकम जम्मा गर्न शुभेच्छुकका नाममा रहेको अचल सम्पत्ति निजी क्षेत्रबाट मूल्यांकन गराएर पेस गरे पनि अदालतले सरकारी मूल्यांकनमात्र स्विकार्य हुने बताएपछि उनी केन्द्रीय कारागार चलान भएका थिए। पर्शुरामको मुद्दामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, हरिशचन्द्र सुवेदी,  नारायण देवकोटा र नेपाल बार अध्यक्ष हरिकृष्ण कार्कीले बहस गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी