वैदेशिक रोजगार विभागमा चरम बेथिथि, एभरेष्टवैंकद्वारा भौचर वितरणमै कालोबजारी

३० जेष्ठ २०७०, बिहीबार ०९:२९ मा प्रकाशित

काठमाडौं, ३० जेठ । वैदेशिक रोजगार विभाग परिसरमा रहेको एभरेष्ट वैंकले वितरण गर्ने सेतो भौचर वैंकका कर्मचारीहरुले अवैध रकम लिएर ठेलीका ठेली एजेन्टहरुलाई बेच्ने गरेको पाइएको छ । यसरी बेचिएका भौचरहरु एजेन्टले स्वयं भरेर चोर औंलाले सहीछाप गरी प्रतिव्यक्ति एकहजार घूस दिएर श्रमस्वीकृति निकाल्ने गरेका छन् । प्रायः विभागको नविकरण शाखामा अहिले घूसको भाउ बढेको छ । प्रतिपासपोर्ट एकहजारका दरले कर्मचारीहरुले घुस लिने गरेका छन् ।  सर्वसाधारणका लागि निशुल्क बाँड्नु पर्ने वैंक भौचर वैंक कर्मचारी र एजेन्टको मिलेमतोमा यसरी बेच्ने गरिएको यथार्थबारे विभाग पनि अनभिज्ञ छैन । तर, उसले आफ्नो तर्फबाट बैंकलाई सचेत गराउने कुनै पहलकदमी लिएको छैन ।
सो वैंकले दुई थरी भौचरको व्यवस्था गरेको छ । पहेँलो भौचार संस्थागत म्यानपावर व्यवसायी र सेतो भौचर व्यक्तिगत (आफ्नै) प्रयासमा वैदेशिक रोजगारीमा जानेहरुको लागि हो । वैंकको शाखा विभागमा स्थापना भएदेखि नै यसरी अवैध धन्दा हुँदै आएको बुझिएको छ । आजभोलि विभागमा अवैध र गैर कानुनी एजेन्टहरुको विगविगी बढ्न थालेको छ । सर्वसाधारणलाई तीनकुने पेट्रोल पम्प, शान्तिनगर र विभाग परिसरदेखि नै पिछा गरेर हैरान पार्ने गरेको दृष्य कसैका सामु छिपेको छैन । अर्कोतर्फ होटल, गेष्टहाउस, ट्राभल्स उजेन्सीहरुले विभागमा श्रमस्वीकृति निकाल्न पठाएका सर्वसाधारणले श्रमस्वीकृतिपा उने गरेका छैनन् । एजेन्टको पहिचान नभई श्रमस्वीकृति ननिस्कने सम्बद्ध पक्षको भनाई रहेको छ । एजेन्टहरुले कागज वा बैंक भौचरमा पोको पारेर अवैध रकम दिने गर्दछन भने कतिपय अवस्थामा कार्यालयबाहिर गोप्य ठाउँमा यस्तो अवैध रकमको कारोवार हुने गरेको छ । कार्यालय बाहिर ठूलो रकम र कार्यालयभित्र सानोतिनो रकमको कारोवार हुने गरेको श्रोतले दाबी गरेको छ ।
विभागको अन्तिम स्वीकृतिमा अरबी भाषाको भिजा ट्रान्सलेटको लागि विभागले ज्यालादारीमा राखेका अब्दुल्ला तारन र मो.रजाउल्लाले प्रतिफाईल पाँचहजार अनियमित रकम लिएर व्यवसायीको फाईल भिजालाई ट्रान्सलेट गर्ने गरेका छन् । महेन्द्र शेरचनको सेर इन्टरनेश्नलमा १० वर्ष प्रतिनिधिको काम गरेका अब्दुल्लाले रकम नभई फाईल नै नछुने गरेको व्यवसायी प्रतिनिधिले उल्लेख गरे । कम्प्यूटरमा अन्तिम श्रमस्वीकृतिको टिप्पणी निकाल्ने चार जना कम्प्यूटर अपरेटरहरुले जनही एकहजार, स्टिकर ‘निस्सा’मा रहेका तीनजना सुब्बाहरुले प्रतिस्टिकर एक हजारका दरले रकम नलिई स्टिकर नै नदिने गरेका छन भने निर्देशक रमेश मैनालीसँगै रहेका कम्प्यूटर अपरेटर राम प्रसाद पोखरेलले रकम नपाए भिजा चेक नै नगर्ने गरेको प्रतिनिधिहरुको भनाई छ ।
अन्तिम स्वीकृतिका शाखा अधिकृतहरुलाई भने घूसवापतको रकम फाईलभित्र हालेर टेवलमा राखेपछि मात्रै फाईल हेर्ने परम्परा रहेको छ । विभागको पूर्व स्वीकृतिको फाईल स्वीकृत नहुँदै कुन कम्पनीको कस्तो फाईल हो भनेर विमानस्थलमा रहेको विभागको श्रमडेस्कका शाखा अधिकृत लवराज जोशी पूर्वस्वीकृतिमै आएर फाई हेर्ने गर्छन् । पूर्व स्वीकृतिकै आधारमा अन्तिम श्रमस्वीकृति र विमानस्थलको श्रमडेस्कले अवैध रकम लिने गर्दछ ।
त्यसैगरी नक्कली काम भए म्यानपावर व्यवसायीका पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिका फाईल छिनमै स्वीकृत हुने गर्दछन भने सक्कली फाईल भए हप्तौ दिन लाग्ने वा फाईल नै हराउने विभागको पुरानो परम्परा अहिलेसम्म कायमै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास