मुग्लानी सौगातको आठौँ वाचन श्रृखला सम्पन

२५ चैत्र २०६८, शनिबार २०:०० मा प्रकाशित

भोला थापा क्षेत्री,कतार २५ चैत्र । सन्ध्या ग्रुप उप-समिती मुग्लानी सौगात द्धैमासिक पत्रिकाको आठौँ वाचन श्रृंखला गत बिहिवार अप्रिल ५ तारिकका दिन आफ्नै निजी कार्यालय अल्खोरमा सम्पन भएको छ ।

कार्यक्रम सन्चालक मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका ब्यवस्थापक तथा सन्ध्या गु्रप संस्थाका सचिव राजेन्द्र खनाले करिव साँझ ९ बजे बाट सुरु गरिएको उक्त कार्यक्रममा मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका संरक्षक तथा सन्ध्या गु्रप अध्यक्ष थर्चलामाको सभापतित्वमा प्रमुख अतिथी प्रोजेट नेपाली इभन्टका प्रमोद कँडेल अतिथिमा विरेन्द्र कुमार यक्थुम्बा, दिलिप अविरल, राजन लामा, हरिचन्द्र श्रेष्ठ रहेका थिए ।

विगत ८ महिना देखी कतारको राजधानी दोहाबाट करिब ६० किमी टाढा रहेको अल्खोर स्थित अल्मीस्नाथ क्याममा हरेक महिनाको पहिलो सात बिहीवारका दिन बेलुकी साहित्यीक वाचन श्रृंखला तथा भेटघाट कार्यक्रम हुँदै आईरहेको छ ।

अधेरी त्यो रातले बोलायो प्यारी
पधेरीको साथले बोलायो प्यारी

टाढा हुँदा तिमीसँग त्यो पिरतीको
मिठा मिठा बातले बोलायो प्यारी

तिमी सँग टाढा भै ठुस्किँदा पनि
सपनीमै हातले बोलायो प्यारी

तिमी बिना मलाई बाँच्न गाह्रो हुँदा
यथार्थमा आतले बोलायो प्यारी

अजम्वरी यो हाम्रो यात्राहरुमा
पिरतीको जातले बोलायो प्यारी

मधुमल्ला मोरङ घर भई हाल दोहा कतारमा लामो समया देखी कार्यरत तथा मुग्लानी सौगातका विशेष प्रतिनिधी साहित्यकार दिलिप अविरलको गजलका शेरहरु बाट आठौ वाचन श्रृंखला सुरु भएको थियो ।

यसैगरी वाचन श्रृंखलाको क्रममा गैडाकोट ७ यात्रीकुञ्ज नवलपरासिका कतारमा कार्यरत प्रेम सापकोटाले गजलका शेरहरु यसरी सुनाए,

जता ततै बदनामको दाग लाग्यो केरे
मेरो जिवन छुट्टा छुट्टै भाग लाग्यो केरे

फकाई फकाई सर्पलाई दुध पिलाउँदा
डस्न भनि मलाई नै नाग लाग्यो के रै
यसैगरि झापाका चन्द्रकुमार थापाले भावाना, नुवाकोटका राजन लामाले कविता÷मुक्तक, अर्घाखाँचीका सन्तोष कुवारले गजल, साथै उपस्थित सम्पुर्ण कविहरुले आफ्ना लेख रचना वाचन गरेका थिए ।

प्रमुख अतिथी रहेका प्रोजेट नेपाली ईभन्टका प्रमोद कडेलले आफ्नो मन्तब्यको क्रममा सन्ध्या गु्रपले गरेको हरेक कार्यको सफताको कामना गर्दै आगामी दिनमा प्रोजेक्ट नेपाली ईभन्ट पनि साथ हुने हौसाल बढाउँदै साहित्य अनुरागी सम्पुर्णलाई प्रगतिको कामना गरेका थिए ।

मन्तव्यको क्रममा संस्थाका प्रमुख सल्लाहकार विरेन्द्र यक्थुम्बाले सन्ध्या ग्रुप कतार संस्थाको उपसमिती साङ्गितिक समुहले स्थापनाकालदेखिनै कलाकारिता क्षेत्रको नृत्य, गायन, संगित र अभिनय तालिम गराउँदै आएता पनि विगत केहि समय यतादेखि स्थगित भएको र सोहि नृत्य प्रशिक्षण कार्यलाई पुन सुचारु रुपले सञ्चालन गरिने जानकारी गराए ।

उक्त कार्यक्रमको सभापतित्व गर्नु भएका संस्थाका अध्यक्ष लामाले मुग्लानी सौगातको आठौँ वाचन श्रृखला सौहाद्रपुर्ण वातावरण सम्पन्न गर्दै उपस्थित सम्पुर्ण साहित्यकारहरुलाई कार्यक्रमको समापन भएको घोषण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा